Logo

अविवाहित कोमलले पतिको लागि निराहार नबस्न आव्हान गरिन्



काठमाडौं । गायिका तथा सांसद कोमल वलीले तीजमा पतिका लागि निराहार नबस्न आव्हान गरेकी छिन् । आम नेपाली नारीहरुलाई उनले दिनभरी निराहार बसेर आफूलाई पीडा नदिन भनेकी छिन् ।

फेसबुकमा पोष्ट गर्दै उनले भनेकी छिन्,‘दिनभरी निराहार बसेर आफूलाई ताडंना दिएर दाम्पत्यको न त सम्मान हुन्छ न त सच्चा संभार ।’ उनले टन्न खाएर तीज मनाउन आग्रह गरेकी छिन् । ‘निराहार बसेर आफुलाई ताड़ना दिएर दाम्पत्यको न त सम्मान हुन्छ न त सच्चा संभार १ यो कुरालाई मनन् गरौं र तीजलाई यौटा सुखमय दाम्पत्य जीवनको प्रणको रुपमा मनाउने गरौं १ रमाएर, खाएर, नाचेर, देव देवतालाई साक्षी राखेर,’ कोमल ओलीको आव्हान छ ।

अविवाहित कोमलले विवाहिता महिलालाई सुझाव दिनुलाई अर्थपूर्ण मानिएको छ । विगतमा हिन्दुराष्ट्रको पक्षमा लाग्दै राप्रपा केन्द्रीय सदस्य भएकी उनी कम्युनिष्ट पार्टीमा लागेर सांसद भएपछि बदलिएको रुपमा समेत लिएका छन् । तीजमा उनले विशेष गीत ल्याउने गर्छिन् । यसपटक पनि ल्याइन् ।

कोमल ओलीको फेसबुक पोष्ट जस्ताको तस्तैः
तीज१ महिला मात्रको चाहाड हो १ वर्तमान तथा भविष्यसंग गांसिएको दाम्पत्य गाँठोमा रमाउने प्रण पनि हो। करकाप कदापि हैन र यसलाई त्यो रुप संस्कृतिले दिनु पनि हुंदैन। दाम्पत्य वरावरीमा आधारित हुन्छ न कि मालिक र दासको संबन्धमा १ कुनै शोषण गर्ने मालिकको ख़ातिर दासले आफ्नो जीवन संकल्प गर्दैन ,गरेको जस्तो देखियो भने त्यो केवल ढोंग हो १ आफ्नो जीवनलाई दाम्पत्यको निम्ति संकल्प गर्दा वातावरण खुशीको हुनु जरुरी ठानिन्छ न कि ताडनाको १ दिनभरी निलआहार बसेर आफुलाई ताड़ना दिएर दाम्पत्यको न त सम्मान हुन्छ न त सच्चा संभार १ यो कुरालाई मनन् गरौं र तीजलाई यौटा सुखमय दाम्पत्य जीवनको प्रणको रुपमा मनाउने गरौं १ रमाएर, खाएर, नाचेर, देव देवतालाई साक्षी राखेर ??शुभकामना सबैमा



प्रतिक्रिया दिनुहोस्