Logo

बर्दीमा तीजको ब्रत



काठमाडौं । तीज, नेपाली हिन्दु नारीहरुको महान चाँड । तीज भएर के गर्नु प्रहरीको जागिर खाएपछि ड्युटी निभाउनैपर्यो । पशुपतिनाथमा तीर्थालु भक्तजनहरुको व्यवस्थापनका लागि खटिएका महिला प्रहरीले बर्दीमै ब्रत बसेर पूजाआजा गरे ।

बर्दी लगाएर र डिउटीमा बसेर पनि उनीहरुले पशुपतिनाथको पूजाआजा गरेका थिए । कर्तव्य एकातर्फ संस्कृति र परम्परा अर्कोतिर भन्दै गर्दा दुवैलाई एकसाथ निभाए ।

तस्विरहरुः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्