Logo

सिंगापुरबाट ओलीको राजनीतिक कुरा, नेम्वाङले के भने ?



काठमाडौं, १६ भदौ । उपचारको लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पछिल्लो राजनीतिक विषयको बारेमा जानकारी लिएका छन् । नेकपाका संसदीय दलका कार्यवाहक नेता सुवासचन्द्र नेम्वाङलाई फोन गरेर प्रधानमन्त्री ओलीले पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन् ।

प्रधानमन्त्री ओलीसँगको कुराकानीको बारेमा पत्रकार ऋषि धमलालाई जानकारी दिँदै नेता नेम्वाङले भने,‘उहाँले फोन गर्नुभएको थियो, सबै कुराको जानकारी लिनुभयो । खासगरी उहाँले हालै भएको सर्वदलीय बैठकको सहमति कार्यान्वयनको विषयमा चासो राख्नुभयो । नेकपा र कांग्रेस सम्मिलित बैठकले गरेको सहमतिअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपक्ता व्यक्ति छानबिन आयेग गठनबारे के हुँदैछ ? भनेर सोध्नुभयो ।’

नेम्वाङका अनुसार आयोग गठन गर्नेबारे अहिले छलफल भएपनि अहिलेसम्म निर्णय नभएकोबारे आफूले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले विद्येयकहरु के भएका छन् ? भन्दै अर्को चासो राखेका थिए । जवाफमा नेम्वाङले मिडिया काउन्सिल विद्येयक आएको जानकारी गराउँदै अन्य विद्येयकहरु पनि सहमतिअनुसार आउने बताएका थिए ।

शर्मा ओली यही शुक्रबार स्वदेश फर्किने भएका छन् । भोलि ९बुधवार० सम्म सातौं चरणको उपचार प्रक्रिया सकिएपछि प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने भएका हुन् ।

आईतबार नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङसँगको फोनवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो उपचारबारे जानकारी गराउँदै शुक्रबार आउने बताएका हुन् । नेता नेम्बाङसँगको कुराकानीमा ओलीले आफू ठीकठाक रहेको सन्देश प्रवाह गरिदिनसमेत आग्रह गरेका थिए ।

भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ । हिजोमात्रै प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा। दिव्या सिंहलाई उद्धृत गर्दै प्रेस सल्लाहकार डा कुन्दन अर्यालले पनि बुधबार नै उपचार प्रक्रिाय पूरा हुने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot