Logo

मदन खरेलको असक्षमता, बिहीबारको जापान उडान स्थगित्



काठमाडौं, १६ भदौ । नेपाल वायु सेवा निगमको नेतृत्वको व्यवस्थापकीय कमजोर र निकम्मापनले गर्दा साताको तीन उडान गर्नेगरी सुरु गरिएको काठमाडौं–ओशाका उडानमा समस्या आएको छ । कार्यकारी अध्यक्ष मदन खरेलको अदुरदर्शीताका कारण यस्तो समस्या आएको निगमनिकट उच्च स्रोतले जनाएको छ ।

विशेष तयारी नपुगी सुरु गरिएको उडानका कारण निगमलाई सिधा जापान उडानको पहिलो गाँसमै ढुंगा लागेको कतिपयको दाबी छ । निगमले आउने बिहीबारको उडान स्थगित गरिसकेको छ । आजको उडानमा पनि ८ जनामात्रै यात्रु रहने बुझिएको छ । प्रतिष्ठा र लाज ढाक्नकै लागि यात्रुविहीन यसरी उडान भर्ने हो भने निगमले करोडौंको घाटा व्यहोर्नै निश्चित् छ ।

हुन त निगमले यात्रु नियमित हुने अवस्थामा उडान स्थगित नहुने दाबी गरेको छ । दशैं अगाडि बुकिङको प्रारम्भिक तथ्यांक हेर्दा ट्रेण्ड एकतर्फी छ । दशैंपछि काठमाडौंबाट जापान जाने यात्रु बढ्ने अपेक्षा निमगले लिएको छ । निगमले झण्डै १२ वर्षपछि गत यही भदौ १२ गतेदेखि जापान उडान थालेको हो । पहिलो उडान गर्दा निकै तामझाम गरिएको थियो । शनिबार जापानबाट काठमाडौं आउँदा निगमको जहाजमा ९५ यात्रु रहेका थिए । जापानका लागि निगमले मंगलबार, बिहीबार र शनिबारको उडान राखेको छ ।

नाफा हाँसिल गर्ने उद्देश्यले सुरु गरिएको व्यवसायिक उडानमा निगमको नेतृत्वको व्यक्तिगत स्वार्थका कारण पहिलो गाँसमै ढुंगा लागेको हो । काठमाडौंबाट जापान जाने यात्रु नै पाउन मुश्किल त छैन । तर, निगम नेतृत्वको असक्षमताका कारण उडानमा समस्या आएको हो ।



प्रतिक्रिया दिनुहोस्