Logo

नेपालगंजमा गोलि चल्यो एक पक्राउ



काठमाडौं । चोरी तथा डकैती मुद्दामा छ वर्ष कैद सजाय सुनाइएका फरार व्यक्तिलाई पक्रन प्रहरीले गोली प्रहार गरेर छ । आठ वर्षअघि चोरी तथा डकैती अपराधमा कैद तथा २७ हजार रुपैयाँ सजाय सुनाइएका बाँकेको बैजनाथ गाँउपालिका–४ का नरेन्द्र न्यौपानेलाई नियन्त्रणमा लिन गोली चलाउनु परेकोे जनाएको छ ।

बैदेशिक रोजगारीबाट फर्कन लागेका न्यौपानेलाई विशेष सूचनाका आधारमा नेपालगञ्ज जमुनाह नाकाबाट पक्राउ गरी कोहलपुर ल्याउने क्रममा नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुर राँझाबाट मोटरसाइकलबाट भाग्न खोजेपछि प्रहरीले पछाडीबाट गोली प्रहार गरेको थियो ।

प्रहरीको गोली न्यौपानेको बायाँ खुट्टाको पिडुलामा लागेर नेपाल मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्