Logo

प्रधानमन्त्रीले भिडियो कन्फेरेन्समार्फत मन्त्रीहरुसँग कुरा गर्ने



काठमाडौं, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीहरुसँग भिडियो कन्फेरेन्समार्फत देशको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिने भएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले प्रधानमन्त्रीले आज मन्त्रीहरुसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गर्ने जानकारी गराएका हुन् ।

उपचारको क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीले यसअघि पनि भिडियोमार्फत मन्त्रिपरिषद बैठक डाकेका थिए । सुरुमा, उक्त बैठकबारे निकै आलोचना भएको थियो । प्रमुख प्रतिपक्षीदेखि सत्तारुढ दलका सांसदहरु समेतले यो सुरक्षाको दृष्टिकोणले राम्रो नभएको प्रतिक्रिया दिएका थिए ।

उता, सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने मन्त्रिपरिषद बैठक नभएको भन्दै प्रधानमन्त्री र आफूहरुबीच हाईहल्लोमात्रै भएको जिकिर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्