Logo

सशस्त्र प्रहरीको पाँचौं स्टाफ कोर्ष शुरु



काठमाडौं । सशस्त्र प्रहरी बलको पाँचौं स्टाफ कोर्ष शुरु भएको छ । कोर्षको उद्घाटन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गरेका छन् ।

१५ भदौमा हल्चोक स्वयम्भूमा एक समारोहका बीच उद्घाटन गरेका हुन्। सशस्त्र प्रहरी महानिरीक्षक खनालले मध्यमस्तरका अधिकृतको नेतृत्व क्षमता विकास गरी नेतृत्वदायी भूमिका तथा सुरक्षा चुनौतीलाई विश्लेषण गरेर अगाडी बढ्न यो कोर्षले महत्वपूर्ण भूमिका निर्वाह गर्ने
बताए ।

उनले मुलुकले चाहे जस्तो अधिकृत उत्पादन गर्न यो कोर्षले सघाउ पु¥याउने विश्वास व्यक्त गरे । संगठनलाई प्राप्त जिम्मेवारी पूरा गर्न एपीएफ अधिकृतहरुलाई यस कोर्षले थप ज्ञान प्रदान गर्ने चर्चा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले सुरक्षा संगठनमा यस किसिमको कोर्षको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

त्रिभुवन विश्वविद्यालयका मानवीकी तथा सामाजिक शास्त्र संकायका सहायक डिन डा. गोपाल धौवञ्जरले यस्ता कोर्षले सहभागी अधिकृतहरुलाई व्यावसायीक ज्ञान अभिबृद्धि गर्न सघाउ पु¥याउने बबताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती तथा सुरक्षा रणनीति, द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धती, नेतृत्व र बिकास, सीमा भन्सार तथा औद्योगिक सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् व्यवस्थापन लगायत सुरक्षा, विकास र शान्ति लगायतका विविधि विषयहरु उक्त एपीएफ कमाण्ड तथा स्टाफ कोर्षमा समेटिएको कुरा सो समारोहमा जानकारी गराइएको थियो ।

उक्त कोर्ष एक वर्ष ६ महिना अवधिको रहेको छ । सो कोर्षमा सशस्त्र प्रहरी बल, नेपालबाट १९ जना तथा राष्ट्रिय अनुसन्धान विभागबाट एक जना सहभागी रहेका छन् । तस्बिर स्रोतः सशस्त्र प्रहरी बल



प्रतिक्रिया दिनुहोस्