Logo

मोटरसाइकलमा लागूऔषध ओसारपसार गर्ने पक्राउ



रुपन्देही । लागूऔषध ओसारपसारमा संलग्न युवकहरु पक्राउ परेका छन् । उनीहरुलाई सोमबार रोहिणी गाउँपालिका-६ ललितपुर पकडिहवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट स्पास्मो १ हजार ४ सय ४० ट्याबलेट, नाईट्राभेट १ सय ५० ट्याब्लेट र वानरेक्स जस्तो देखिने रातो रङ्गको झोल पदार्थ बरामद गरिएको थियो । पक्राउ पर्नेहरुमा बुटवल उपमहानगरपालिका-९ बस्ने दिपनगर बस्ने ३९ वर्षीय अम्मर बहादुर बिक र नवलपरासी सुनवल नगरपालिका ७ अस्नैया बस्ने ३० वर्षीय मनोज कुमार थापा क्षेत्री रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले लु ८ प ९३३८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी रुपन्देही, सिद्धार्थनगर नगरपालिका ८ अंचलपुरबाट नियन्त्रित लागूऔषध स्पास्मो १२ ट्याबलेट, नाईट्राभेट ५ ट्याब्लेट र कोरेक्स ४ बोतल सहित सिद्धार्थनगर नगरपालिका-७ बस्ने ४२ वर्षीय प्रकास पंगेनीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले लु।३० प ४६०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक पंगेनीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।



प्रतिक्रिया दिनुहोस्