Logo

पक्राउपछि मोटरसाइकलबाट हामफाल्ने खुंखार डाँकालाई गोली हानी पक्राउ



बाँके । प्रहरीले फरार खुंखार डाँकालाई पक्राउ गर्न ठूलो संघर्ष गर्नुपरेको छ । पक्राउ परेपछि उनलाई मोटरसाइकलमा राखेर प्रहरी कार्यालय लाने क्रममा हामफरालेर भागेका थिए । त्यसपछि उनलाई गोली हानी पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ । उनी हुन् खुंखार डाँका नरेन्द्र न्यौपाने जो डाँकाचोरी मुद्दामा फरार थिए ।

फरार नरेन्द्र न्यौपानेलाई जिल्ला अदालत बर्दियाको २०६८ पुस २१ गतेको फैसला बमोजिम डाँका चोरी मुद्दामा ६ वर्ष कैद सजाय र २७ हजार ९ सय रुपैयाँ जरिवाना तोकीएका थियो । बैजनाथ गाउँपालिका-४ बानियाभार बस्ने ३३ वर्षीय नरेन्द्र न्यौपानेलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जमुना भन्सारबाट फेला पारी पक्राउ गरेको थियो।

‘मोटरसाइकलमा राखि कार्यालयतर्फ लैजाने क्रममा नेपालगंज उपमहानगरपालिका-२० राँझा चोक नजिकै पुग्दा न्यौपाने मोटरसाइकलबाट हाम फाली भागे पश्चात प्रहरीले फायर गरी नियन्त्रणमा लिने क्रममा न्यौपानेको बाँया खुट्टामा एक राउण्ड गोली लागि घाइते भएका थिए,’ प्रहरीले भन्यो । न्यौपानेको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot