Logo

‘२८ लाख रुख नष्ट गरेर निजगढ विमानस्थल चाहिँदैन’



प्रदेश दुईका प्रभावशाली मन्त्री रामनरेश राय यादवले नेपाली रेडियो नेटवर्कका लागि ऋषि धमलासँग विशेष कुराकानी गर्दै २८ लाख रुख नष्ट गर्न लागेकोमा आपत्ती जनाएका छन् । उनले वातावरण विनाश हुने भन्दै त्यसो हुन नदिने समेत बताएका छन् । उनीसँग गरिएको कुराकानीः

प्रदेश नम्बर दुईको हालखबर के छ ?
दुई नम्बर प्रदेशको हालखबर त राम्रो प्रगतिमा थियो । बाढी र सुख्खा मौसमका कारण बिग्रिएको छ । दुवैखालको प्रकोप एकैपटक देखियो । त्यसैको चपेटामा परेका छन् दुई नम्बर प्रदेशका जनता ।
जनचाहना अनुसार काम नगरेका कारण समस्या देखिएको भनिन्छ नि ?
अहिले जसरी पुरै मधेसमा बाढीले क्षति पु¥याएको छ । त्यसको दोषी प्रदेश नम्बर २ को सरकार होइन । यहाँ संघ नै दोषी देखिन्छ ।
तपाईंहरुलाई अवर हुँदाहुँदै काम गर्नुभएन नि ?
जसरी मधेसीको जनसंख्या कम गर्नको लागि पहाडेलाई चेरेआपास झारियो । त्यसले चुरेको जंगल दोहन भयो । जसको परिणाम स्वरुप तराईका भूगाभाग बाढीले ध्वस्त बनायो । यदि संघीय सरकार सचेत भएन र यही रबैया रहिरह्यो भने २५ वर्षपछि मधेसका खेतीयोग्य जमीन पुरै मरुभूमिमा परिणत हुन्छ । बालुवा र ढूगाले भरिने तराईका जमीनहरु ।
तपाईंले यसो भनिरहँदा चुरे दोहनकर्ता तपाईंहरु हो नि ?
प्रदेश नम्बर २ को सरकारले मधेसी, आदिवासी, दलित, मुस्लिम, थारुलाई तराईबाट उठाएर चुरेमा बसाईं दिएको हो र ? अनि त्यो दोष प्रदेश सरकारलाई गाउनुहुन्छ । वस्ति बसाल्ने काम कसले गरे ? त्यसको कारण चुरेको दोहन भइरहेको छ ।
त्यहाँ बस्ती बसाल्न तपाईंहरुको पनि हात छ नि ?
तपाईंले २ नम्बर प्रदेशका जनताको टोलटोलमा गएर सोध्न सक्नुहुन्छ । केन्द्रीय सरकार बनेको २ वर्ष भइसक्यो अहिलेसम्म एउटा काम गरेको छैन । त्यसका जनताले केन्द्रीय सरकारको अनुभूति पनि गर्न पाएका छैनन् । प्रदेश नम्बर २ को सरकारले त गर्नुपर्ने काम गरिरहेको छ । ‘बेटी बँचाउ कार्यक्रम कसले ल्याएको हो ? त्यो प्रदेश २ सरकारले ल्याएको हो ।
कार्यक्रमले भनेको जस्तै ‘बेटीलाई बँचाउन र पढाउन सक्नुभएको ?
त्यसमा अभियान थालेका छौं ।
अभियान थाले मात्रै हुन्छ त ?
त्यहाँका बेटीहरुले दुई वर्षमा ब्याचलर पास गरिहाल्छ ? कति दिन भएको प्रदेश नम्बर २ को सरकार बनेको ? जसदेखि सरकार गठन भएको बेटीका समस्यालाई आफ्नो अभियानको रुपमा गाडि बढाएको छ । हरित अभियान, बेटी बँचाउ अभियान कार्यक्रमलगायतका सुधारका काम प्रदेश सरकारले गरेको संघीय सरकारले अहिलेसम्म के काम गरेको २ नम्बर प्रदेशमा ?
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन केन्द्रीय सरकार लागि रहँदा रुख काट्न पाइँदैन भनेर किन विरोध गर्नुहुन्छ ?
जसरी अन्तराष्ट्रिय विमानस्थल २ नम्बर प्रदेशमा बनाउन निर्णय गरिएको त्यसको लागि धन्यवाद । तर, सबैभन्दा घना जंगल निजगढमा छ । त्यसैलाई फँडानी गरेर विमानस्थल बनाउने ? म सबै नेपाली दाजुभाइ दिदीबहिनालाई ध्यानाकर्षण गराउन चाहन्छु । चाइना र भारतमा त्यति धेरै जनसंख्या छ त्यहाँ कति हेक्टरमा एयरपोर्ट छ ? अब नेपालमा जम्मा पौने ३ करोड जनसंख्या भएको मुलुकमा २८ लाख रुख नष्ट गरेर साढे ८ हे्रक्टरको एयरपोर्ट किन चाहियो ? त्यो रुख हुर्किन कति वर्ष लागेको ? अर्को कुरा यहाँलाई निवेदन गर्न चाहन्छु । जुन प्रदेशको पनि राष्ट्रिय वन जति छ त्यो प्रदेश सरकारको जिम्मामा हुन्छ । प्रदेश सरकारसँग समन्वय नगर्ने आपूmखुसी २८ लाख रुख काटेर एयरपोर्ट बनाउने ? प्रदेश सरकारको अधिकार त्यसमा हुन्छ । हामीसँग संघीय सरकारले समन्वय गरोस् हामी त्यसको जग्गा उपलब्ध गराउँछौं जहाँ रुख कटान गर्नुपर्दैन । संविधानमै लेखेको कुरा नमान्ने कुन राजा छ मुलुकमा । राजा त गइसक्यो त्यसैले गर्दा संविधानभन्दा माथि कोही छैन । प्रदेश सरकारसँग समन्वय गर्ने त्यसको हामी सहयोग गर्छौं । कुन ठाउँ मा उपयुक्त हुन्छ जहाँ कम रुख क्षति होस् । तर २८ लाख रुख काट्नुहुँदैन । तराईमा खानेपानीको समस्या भइसकेको छ । जसरी काठमाडौंमा ट्याङकरमा पानी वितरण गर्नुपथ्र्यो तराईमा त्यस्तै भएको छ । पहिला सय फिट खनेपछि पानी आउथियो अहिले ५ सय फिट खन्दा पनि पानी आउँदैन तराईमा । पानीको स्रोत कसरी सुक्यो भने रुख थियो घना जंगल थियो त्यो सबै कटान गरिसकेको छ ।
त्यहँँको जनताले एयरपोर्ट चाहिन्छ भनिरहँदा तपाईंहरुले किन रोकिरहनुभएको छ ?
हामी प्रदेशको प्रगति चाहन्छौं । विकास विरोधी होइन । तर, २८ लाख रुख नष्ट गरेर त्यहीं ठाउँमा बनाउनुपर्ने जरुरी किन ? प्रदेश नम्बर २ मा अरु ठाउँ पनि त्यसको प्रदेश सरकारसँग समन्वय गर्नुप¥यो नि । प्रदेश सरकारसँग समन्वय नगरी जे मन लाग्यो त्यही गर्न पाइँदैन । पहिला पनि रेल मार्गको नाममा पुरै जंगल कटान भएको छ । १ मिटर मात्रै पश्चिमपट्टिबाट खनेको भए रुख कटान हुने थिएन । मदन भण्डारी राजमार्गको नाम चुरे फँडानी गरेर ध्वस्त बनाइएको छ । उतातिर फेरि साढे ८ हजार हेक्टर जमिनमा विमानस्थ बनाउने भनेर जंगल दोहनमा लागिरहेको छ संघीय सरकार । यसरी विभिन्न बहानामा २ नम्बर प्रदेशलाई कंगाल बनाउन खोजिएको छ । अब एकात्मक सरकार चल्दैन प्रदेश नम्बर २ मा पनि सरकार छ । अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो आवश्यक हो । त्यसको लागि प्रदेश सरकार र वनमन्त्रालय देशको जनसंख्या र आवश्यकता अनुसारको जग्गा उपलब्ध गराउन तयार छ । जहाँ जंगलको क्षति कम होस् । त्यस्तो ठाउँमा उपलब्ध गराउन चयार छौं हामी विकास विरोधी होइन ।



प्रतिक्रिया दिनुहोस्