Logo

रवि लामिछाने मुद्दै मुद्दाको जञ्जालमा



काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछाने मुद्दै मुद्दाको जञ्जालभित्र प्रवेश गरेका छन् । अदालत देखि प्रेस काउन्सिसम्म उनीमाथि मुद्दा परेको छ भने उनी आफै अदालत पुगेर निवेदन हालेका छन् ।

पत्नी इशा लामिछानेसँग पारपाचुके गर्दा एक वर्ष अघि अदालत पुगेका उनी पछिल्लो समय अदालत धाउनुपर्ने अवस्थामा पुगेका छन् । शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहनमा पक्राउ परेपछि उनीमाथि मुद्दा लाग्न थाल्यो ।

चितवन जिल्ला अदालतमा पुगेको मुद्दामा उनलाई धरौटीमा रिहा गर्ने आदेश आयो । तर, अदालतको आदेशविरद्ध उनी पुनः उच्च अदालत पाटन पुगेका छन् । १७ भदौमा उनी अदालत पुगेर यसअघि जिल्ला अदालतको फैसलामा साधारण तारेखमा मुद्दा कायम गरिपाउँ भन्दै निवेदन दर्ता गर्न पुगे । यसमाथि बुधबार बहस हुने पाटन उच्च अदालतले जनाएको छ । लामिछानेविरुद्धको आत्महत्या दुरुत्साहन मुद्दा विचाराधीन नै छ ।

लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध शालिग्राम पुडासैनीका परिवारले पनि प्रहरीमा किटानी जाहेरी दिएका थिए । उनीहरुविरुद्ध परिवारका तर्फबाट हदैसम्म कारबाहीको माग गरिएको थियो ।

३० साउनमा रवि लामिछानेसहित तीनजनालाई प्रहरी पक्राउ गरेको थियो । उनीहरुलाई ३ भदौमा अदालतले म्याद थप गरी छानवन गर्न दिएको थियो । ९ भदौमा धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो ।

यसैगरी, कैलालीमा खेम भण्डारीले रवि लामिछानेविरुद्ध मुद्दा दर्ता गरेका छन् । प्रेस काउन्सिलमा भण्डारीले दर्ता गरेको मुद्दामा रवि लामिछानेले पत्रकार आचारसंहिताको उल्लंघन गरेको उजूरी दर्ता गरेका हुन् । कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा सिधा कुरा जनतासँगमा विवादित कार्यक्रम प्रस्तुत गरेको भन्दै भण्डारीले मुद्दा दर्ता गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot