Logo

पत्नी एलिजाले पाउ धोइदिएपछि ऋषिपञ्चमीमा ऋषि धमलाको नयाँ हमला (भिडियोसहित)



काठमाडौं । जुनसुकै आलोचनालाई पनि सहजै लिन सक्ने पत्रकार ऋषि धमला फेरि चर्चामा आएका छन् । उनी यसपटक ऋषि पञ्चमीमा पत्नी एलिजा गौतमले खुट्टा धोइरहेको तस्बिर र भिडियोका कारण चर्चामा आएका हुन् ।

धमलापत्नी एलिजाले तस्बिर र भिडियो फेसबुकमा पोष्ट गरिन् । यसलाई लिएर सामाजिक सञ्जालमा क्रिया प्रतिक्रिया आएको छ । उनको समर्थन र आलोचनामा मत विभाजित भएको छ । कतिपयले जानेबुझेकाहरुलाई आफ्नो इच्छा लागेको गर्न छुट भएको बताएका छन् ।

धमलाप्रति केही नारी अधिकारवादीहरु खनिएका छन् भने धर्मका पक्षधरहरुले प्रशंशा गरेका छन् । यसरी देशभर मत विभाजन हुँदा धमलाचाहिं यसलाई सामान्य रुपमा लिइरहेका छन् । उनले फेरि सामाजिक सञ्जालमार्फत् संस्कृति, परम्परा र रीतिरिवाजका विषयमा बहस छेडिदिएका छन् । धमलाले तस्बिरमार्फत् हमला गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्