Logo

सीको भ्रमण पूर्व चीनबाट आइपुगे तीस ट्रक बन्दोबस्तीका समान



काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल आगमनको पूर्वसन्ध्यामा तीस ट्रक कोशेली नेपाल भित्रिएको छ । अक्टुबरमा हुने भारत भ्रमणपछि आफ्नो देश फर्कन पूर्व नेपाल आउने हल्लाका बिच १५० मिलियन चिनियाँ मुद्रा आरएमबी अर्थात् २३ करोड ९५ लाख ५० हजार बराबरको सैन्य सहयोग नेपाल आइपुगेको हो ।

चीनका १४ सीमावर्ती राष्ट्रमध्ये सीले ६ वर्षे कार्यकालबीच भ्रमण गर्न बाँकी देश नेपाल र म्यानमार मात्र हुन् । म्यानमार, जहाँ रोहिंग्या समुदायको समस्या छ र उनीहरु शरणार्थीका रुपमा विभिन्न देशमा छन् । त्यसमाथि त्यहाँकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई पश्चिमा मुलुकको समर्थन छ । यस्तो स्थितिमा विवादमा नपर्ने नीतिका कारण सी त्यता गएका छैनन् ।

तर, पहिला बंगलादेशबाट भारतीय पर्यटकीय सहर गोवा गएका उनी नेपाल नटेकी फकिएकोमा यसपटक त्यसको क्षतिपूर्ति तिर्ने तयारी भएको बुझिन्छ । राष्ट्रपतिको भ्रमणपूर्व चीनले ठूलो मात्रामा सैनिक सहयोग नेपाल पठाएको छ । जनआस्था साप्ताहिक ले समाचार छापेको छ ।



प्रतिक्रिया दिनुहोस्