Logo

बाख्राको नाममा चालीस हजार भष्ट्रचार गर्ने विरुद्ध मुद्धा



पर्वत । तिलाहार गाउँ विकास समिति, पर्वतका तत्कालीन सचिव लिल प्रसाद श्रेष्ठ र मोदी गाउँपालिका वडा नं. ६ बस्ने चित्र बहादुर बस्नेत क्षेत्री विरुद्ध १७ भदौमा मुद्धा दायर गरिएको छ ।

तिलाहार गाउँ विकास समितिका विभिन्न व्यक्ति, संस्था र कर्मचारी समेतले विभिन्न प्रयोजनका लागि लिएको पेश्की रकम हालसम्म पनि फर्छ्यौट नगरेको हुँदा तत्कालीन गाउँ विकास समितिको कार्यालयका सचिव लिल प्रसाद श्रेष्ठले अन्य व्यक्तिको नाममा समेत रकम निकालेको उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा सचिव लिल प्रसाद श्रेष्ठ र चित्र बहादुर बस्नेत क्षेत्रीले मिलेमतो गरी रकम बाँडेर लिई गाउँ विकास समितिको बाख्रापालनतर्फको सरकारी रकम चालीस हजार बद्नियतपूर्वक हिनामिना, हानिनोक्सानी गरेको तथ्य खुल्न आएकोले विगो चालीस हजार कायम गरी उनीहरु विरुद्ध मुद्धा दायर गरिएको हो ।

हिनामिना, हानिनोक्सानी गरेको विगो पच्चीस हजार लिल प्रसाद श्रेष्ठबाट र चित्र बहादुर बस्नेत क्षेत्री कसुरको मतियार भएको पुष्टि भएकोले सजाय हुन मागदावी लिई विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot