Logo

नाला निर्माणमा अनियमितता गर्ने इन्जिनियर विरुद्ध मुद्धा



नवलपरासी । कालोपत्र र नाला निर्माणमा अनियमितता गरेको अभियोगमा पक्राउ परेका इन्जिनियर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । (बर्दघाट सुस्तापश्चिम),सरावल गाउँपालिका वडा नं. ६ स्थित कालोपत्रे तथा नाला निर्माण योजनामा सम्झौता अनुसारको काम नगरी तीन लाख एकसठ्ठी हजार एकासी रुपैयाँ पैतालीस पैसा हिनामिना गर्ने इन्जिनियर भिमदेव भट्टराई विरुद्ध भदौ १७ मा मुद्धा दायर गरिएको हो ।

रकम हिनामिना गरेको उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा भट्टराईले नाली निर्माणमा नालीको कम उचाई, प्लास्टर कम तथा नालीको बढी मूल्याङ्कन समेत गरी गैरकानूनी लाभ वा हानि र्पुयाउने बदनियतले वास्तबिक भए गरेको भन्दा बढी काम देखाई नापी किताब तयार गरेको तथा मूल्याङ्कन गरेको समेत गरी वास्तविक भन्दा तीन लाख एकसठ्ठी हजार एकासी रुपैयाँ पैतालीस पैसा अनियमितता गरेको पुष्टि भएको हँदा सजाय हुन मागदावी लिई विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot