Logo

ओली सिंगापुरमा भएको बेला रामचन्द्रको यस्तो गम्भिर आरोप



काठमाडौं, १८ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल वर्तमान सरकारमाथि खनिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली उपचारको लागि यतिवेला सिंगापुरमा छन् । उनी नभएको अवस्थामा पनि कांग्रेस नेता पौडेलले सरकार भ्रषटाचारमा लिप्त भएको आरोप लगाएका छन् ।

बुधबार विहान आफ्नो ट्विटरमा एक पोष्ट गर्दै उनले यस्तो आक्रोश पोखेका हुन् । उनले वर्तमान सरकार गठन भएको दुई वर्ष बित्न लाग्दापनि अहिलेसम्म सरकारले प्रदेशका राजधानी र नाम तोक्न नसकेको आरोप लगाएका छन् ।

त्यस्तै, वर्तमान सरकारले अख्तियारलाई तर्साएर ठूला ठूला भ्रष्टाचारीलाई जोगाउने काम गरिरहेको पनि उनको अर्को आरोप छ । नेता पौडेलले वर्तमान सरकारले वाईडबडीजस्तो अरबौंको भ्रष्टाचारलाई ढाकछोप गर्ने काम गरेको अर्को गम्भिर आरोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्