Logo

चिनियाँ राष्ट्रपति नेपाल आउने खुलासा गर्दै टंक कार्कीले भने- भारत पनि बीआरआईमा प्रवेश गर्छ



चीनका लागि पूर्व राजदूत टंक कार्कीले चिनियाँ राष्ट्रपति सि जिङपिङ नेपाल भ्रमणमा आउनसक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलासँग विशेष कुराकानी गर्दै नेपाल चीनसम्बन्धको चिरफार गरेका छन् । उनीसँगको कुराकानीः

चिनियाँ राष्ट्रपति नेपाल आउने कुरा सही हो ?
चिनीयाँ राष्ट्रपतिको तहबाट नेपालमा भ्रमण नभएको लामो समय भइसकेको छ । २००२ र २०१२ मा चिनीयाँ प्रधानमन्त्रीहरुले नेपालको भ्रमण गरेका हुन् । राष्ट्रको शीर्षस्थ तहको नेपाल भ्रमण १९९७ भन्दा यता भएको छैन । यसमा दुई देशबीचको मित्रताको टिकता र सम्बन्धको जुन गहिराइ छ । त्यसका आधारमा उच्चतम् भ्रमणले अझ सम्बन्धलाई बलियो बनाउँछ । त्यस सन्दर्भमा चिनियाँ राष्ट्रपतिको भ्रमण जरुरी थियो । यसअघि चाहिं माओवादी द्वन्द्वले मुलुक अस्थिरतामा रहेको त्यसपछि नेपाल आफै संक्रमण कालमा गुज्रिएको कारणले भ्रमण हुन नसकेको जस्तो लाग्छ । भइरहेका सम्बन्धलाई अझ बढी नजिक बनाउन जरुरी थियो र हुन्छ भन्ने लाग्छ ।

चिनियाँ राष्ट्रपति अब नेपाल आउनुहुन्छ यसको एजेन्डा के हुनसक्छ ?
नेपाल–चीन सम्बन्धमा नयाँ एजेन्डा छन् जस्तो त लाग्दैन । अहिलेका एजेन्डा भनेको अघिल्ला वर्षहरुमा गरिएको प्रतिबद्धताको कार्यान्वयन नै होला । खासगरी बीआरआई सम्बन्धी एजेन्डालाई प्रमोट गर्ने नै हुन्छ होला ।

बीआरआईको कुरा गरिरहँदा नेपालमा प्रभावकारी हुन सक्छ ?
शितयुद्धको आधारबाट होइन हामीले विचार बनाउन आफ्नो आवश्यक हेरेर बनाउने हो । केही यस्ता शक्तिहरु छन् जो नेपाललाई हिमालयको दक्षिणतिर मात्रै राख्न चाहन्छन् । डीआरआई केही होइन यो खाली चिनसँगको खुलापन हो । त्यो खुलापनमा हामी किन नजाने ? अरुको विचारमा नेपाललाई हिमालयभन्दा दक्षिणतिर राख्ने पक्सद हुन सक्छ । अरुका कुरासँग बहकिँनु हुँदैन । हामीले आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर हेर्नुपर्ने हुन्छ । चिनतिरको खुलापन त्यसमा नेपाल सहभागि हुनुहो यो अत्यन्त जरुरी छ । विकसित चीन फाइदा लिनको लागि पनि चिनसँगको खुलापनको छनोट छ त्यो गलत होइन ।

यसमा भारतको असन्तुष्टि हुन सक्छ नि चिनियाँ रापष्ट्रपति त भारत गएर मात्र नेपाल आउनुहुन्छ ?
भारतमा चिनियाँ लगानी उपस्थिति यति ठूलो छ । भारत चाहिं चिनियाँलाई भित्र्याउन त्यत्रो कोशिश गर्ने अनि छिमेकीसँग किन तर्सिने ? यसमा कुनै तुक देखिँदैन ।

बिआरआईलाई भारतले स्वीकारेको छैन नि ?
त्यो उनीहरुका आफ्ना कुरा होलान् । तर ढिलोचांडो भारत आफै त्यो क्षेत्रमा प्रवेश गर्छ होला । बीआरआई जस्तो एउटा पवित्र विषयबाट पछि हट्छ होला जस्तो लाग्दैन । कतिपय उनीहरुका आपसी लेनदेनका कुराहरु होलान् । त्यसमा हामीले धेरै पुर्पक्ष गरिरहनु जरुरी छैन ।

चिन र भारतको राम्रो सम्बन्ध छ भन्ने निष्कर्ष तपाईको हो ?
त्यसमा कुनै शंकै छैन । चिन र भारतबीच सम्बन्धमा सुमधुरता पनि प्रतिद्वन्द्वीता पनि छन् । मुख्य कुरा त उनीहरुबीच सम्बन्धको समन्वय हुन्छ त्यो मूल पक्ष हो । उनीहरुबीच विवाद त चाहिं गौण पक्ष हो । मिलन चाहिं बलियो पक्ष हो । हामीले पनि भारत र चिनबीच सम्बन्ध सधैं द्वन्द्वरत छ भनेर हेर्नुहुँदैन । उनी विवादलाई विवादमा राख्ने र सहयोगलाई प्राक्टिकलमा जाने उनीहरु त्यसमा गइराखेका छन् । हामी चाहिं अरुका बारेमा आफ्नो औकातभन्दा बढी पुर्पक्ष गरिदिने कारणले बढ्ता बिग्रिएका छौं ।

त्यसो भए भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच राम्रो सम्बन्ध छ ?
चिन र भारतबीचका धेरै स्वार्थहरु मिल्दाजुल्दा छन् । त्यो मात्रै होइन ग्लोबल विषयहरुले पनि भारत र चीनलाई नजिक बनाइराखेको छ भन्ने मलाई लाग्छ ।

नेकपाका शीर्ष नेताहरु चीनमुखी भए भन्नेहरु पनि छन् ?
नेपालमा अझै पनि शित युद्धको धङधङ्गीबाट मुक्त भइसकेका छैन । अरु मुलुकहरु कहाँबाट कहाँ पुगिसक्यो तर हामीहरु कहाँ अझै पनि सीतयुद्ध धङधङ्गी समातेर बस्ने एउटा तप्का छ । राष्ट्रको लागि गम्भीर र रणनीतिक सोच राख्ने हो भने सीयुको धङधगीलाई विचार बनाइराख्नुपर्ने जरुरी छैन ।

हाम्रो देशको विकास समृद्धिमा चिनियाँ लगानी कतिको सार्थक हुनसक्छ ?
सार्थक नहुने त संकै छैन । हाम्रो जस्तो अल्पविकसित मुलुक हो । हामी अभैm विकासको रसातलमा छौं । उनीहरु विकासको चुलीमा पुगेका छन् । आन्तरिक स्रोतले मात्रै विकासलाई अगाडि बढाउन सकिँदैन । वैदेशिक लगानीको जरुरी छ । त्यो स्रोत खोज्दै जाँदा आज चीन जस्तो यति ठूलो रुपान लगानी गर्न क्षमता राखेर बसेको छ । त्योसँग हामीले आशा गर्नु स्वभाविकै हो ।

तपाईंले त्यसो भनिरहँदा चिनियाँ लगानी जति आउनुपर्ने त्यो त देखिएन नि ?
त्यसमा हाम्रा आन्तरिक कारणहरु पनि होलान् । हामीले चाँजोपाँजो मिलाउन नसकेको पनि हुन सक्छ । भरखर हामी राजनीतिक स्थिरतामा प्रवेश गरिरहेका छौं । अझै हामीलाई कतिपय नियम कानुन पनि व्यवस्था गर्न बाँकी छन् जस्तो लाग्छ ।

नेपालमा चिनियाँ तस्करी किन बढ्न थाल्यो ?
यसले हाम्रो सुरक्षा प्रणालीमा रहेका गम्भीर त्रुटीहरुलाई खुलासा गरिरहेको छ । चीन एउटा विशाल मुलुक हो । त्यसमा गलत इलेमेन्टहरु हुँदैनन् भन्ने होइन । हाम्रो सुरक्षा त्रुटीलाई ती गलत तत्वहरुले उपयोग गरेका होलान् ।

त्यसो भए हाम्रो सुरक्षाको जालो प्रभावकारी भए न हो ?
हो । त्यसमा शंकै छैन । हामीले आफ्नो सुरक्षा क्षेत्रलाई प्रभावकारी बनाउन नसकेकै हो । अरुलाई दोष दिनुभन्दा पनि आफ्नो थैलो बलियो बनाउनुपर्छ । चोरले नचोरिदियोस् भन्ने मात्रै होइन । नचोर्ने वातावरण बनाउनुपर्छ ।

एटीएम ह्याकमा चिनियाँहरु कसरी निपूर्णता भए ?
यो टेक्निकल कुरा म जान्दिँन । चोरले के बोकेर आयो, हेम्बर, ल्यायो कि साँचो नै बोकेर आयो, कताबाट फुटायो यतातिर म चासो राख्दिँन । थाहा नभएको विषयमा बहस गर्नु राम्रो होइन ।

अब नेपाल सम्पन्न हुन सक्छ ?
यसमा त संकै छैन । हामीले जुन प्रणालीको विकास गरेका छौं । त्यससँग संगति राख्ने संयन्त्र राम्रो हुनुपर्छ । हामीले प्रणासँग संगति राख्ने खालको संस्थाको विकास गर्नुपर्छ ।

हाम्रो देशका नेताहरु राजसंस्थाको ह्याओभरबाट त्रसित छन् नि ?
राजसंस्था फर्किने भन्ने कुरा हाउगुजी मात्रै हो । त्यो युगै सकियो अब फर्किनेवाला छैन । अरु कसैको टेकोबाट आवाज आउने गरेको छ । अब त्यो टेको पनि भत्किइँसकेको छ । त्यस्तो टेकोले काम गर्नेवाला छैन ।

Photo: China Daily



प्रतिक्रिया दिनुहोस्