Logo

रुससँगको सहकार्यमा १२ आणविक उर्जा युनिटहरू भारतमा निर्माण हुने



रुस आणविक उर्जाको क्षेत्रमा भारतसँगको सहकार्य अगाडि बढाउन तयार भएको छ । रुस र भारतबीचको सम्झौता अनुसार २० वर्षमा कम्तिमा १२ आणविक शक्ति इकाई निर्माण गर्ने योजना रहेको छ ।

रुसको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्रीले त्यहाँका राष्ट्रपति भ्लादिमीर पुटिनसँग महत्वपूर्ण भेटवार्ता पछि पत्रकारहरु सामु आणविक ऊर्जाको क्षेत्रमा सहकार्य बढाउने सहमति गरेका हुन् । दुवै देशबीच आणविक पावर प्लान्टको तेस्रो र चौथो बिजुली युनिटको निर्माण चलिरहेको छ । सम्झौता अन्तर्गत कम्तिमा १२ वटा रूसी डिजाईन पावर इकाईहरू २० बर्षमा निर्माण हुनेछन् ।

पुटिनले भारतीय साझेदारहरूसँग रोसाटोमको सहयोगलाई आणविक उर्जा केन्द्रको निर्माणको लागि सहयोगसहितको प्रमुख साझेदार परियोजनाका रूपमा विचार गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot