Logo

दार्जिलिङे निमार्ताको चलचित्रमा पूजा



काठमाडौं । नायिका पूजा शर्माले यो वर्ष धेरै चलचित्रमा अभिनय गरेकी छिन् । अहिले उनले नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’को काम सुरु गरिसकेकी छिन् । निर्देशक सुदर्शन थापाको चलचित्रमा मात्र देखिने पूजा अहिले बाहिरी ब्यानरमा पनि आकर्षित छिन् । पूजा यो वर्षको सुरुवात देखि नै धेरै व्यस्त देखिएकी छिन् ।

पूजा एकपछि अर्काे चलचित्रमा काम गरिरहेकी छिन् । पूजाले लण्डनमा करिब दुई महिना चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन सकिएपछि फेरी चलचित्र ‘पोई पर्यो काले’मा काम गरेकी थिइन् । उनी अहिले ‘म यस्तो गीत गाउँछु २’को छायांकनमा व्यस्त छिन् ।

पूजाको पछिल्लो समयमा रिलिज भएको चलचित्र ‘रामकहानी’ औसत रुपमा चलेको थियो । उनले, यो चलचित्रको छायांकन सकेसँगै दार्जिलिङका एक निर्माताले बनाउन लागेको चलचित्रमा काम गर्दैछिन् । यसरी हेर्दा पूजाले एकपछि अर्को चार वटा चलचित्रको छायांकन सक्ने तयारी गरेकी छिन् । पूजालाई अर्का एक निर्माताले पनि चलचित्रका लागि अफर गरेका थिए । तर, निरन्तर चलचित्रमा काम गरेको भन्दै उनले उक्त प्रोजेक्ट भने गरिनन् ।

पूजाको यो बर्ष ‘पोई पर्यो काले, म यस्तो गीत गाउँछु २ र सम्हालिन्छ कहिले मन’ रिलिज हुँदैछ । केही महिना अगाडि मनकामना मन्दिरमा पुगेर शुभसाइत गरिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को छायांकन आजबाट सुरु भएको छ । चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्मा मुख्य भूमिकामा छन् । आज बिहान पूजा गर्दै चलचित्रको छायांकन सुरु भएको जानकारी गराइयो ।

चलचित्र ‘म यस्तो गीत गाउँछु २’लाई यसपटक सांगीतिक कथावस्तुमा निर्माण गर्ने निर्देशक सुदर्शन थापाले जानकारी दिए । सुदर्शन र पूजाकै ब्यानरबाट यो चलचित्र बन्दैछ । चलचित्रको छायांकन काठमाण्डौ र इलाममा हुनेछ । निर्देशक थापाले भने–‘यसपटक हामीले इलामका रमणिय स्थानमा पनि चलचित्र खिच्दैछौ । विशेषगरि, स्थानिय कलाकारलाई पनि समेटेर इलाममा चलचित्र छायांकन हुनेछ ।’
यसपटक चलचित्रमा नायक पल शाह गायकको भूमिकामा छन् । बुढानिलकण्ठमा अवस्थित मेराकी वेलनेश रिट्रिटबाट चलचित्रको छायांकन सुरु गरिएको छ । नायक पल शाहले चलचित्रको कथावस्तु सुन्दा नै आफू उत्साहित भएको सुनाए । नायिका पूजा शर्माले ‘म स्तो गीत गाउँछु’ आफ्ना लागि सधै नै विशेष रहेको सुनाइन् ।

चलचित्रको एक साता काठमाण्डौमा र बाँकी छायांकन इलाममा हुनेछ । यो चलचित्रमा ५ वटा गीत रहने संगीतकार अर्जुन पोखरेलले जानकारी दिए । चलचित्रमा सौरभ लामाको छायांकन रहनेछ । चलचित्रका प्रोडक्शन डिजाइनर सुरज आचार्य हुन् ।
चलचित्रलाई फागूणको २३ गतेबाट प्रदर्शनमा ल्याउने तयारी समेत गरिएको छ । दशैं अगावै चलचित्रको छायांकन सक्ने तयारीमा यसको निर्माणपक्ष रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot