Logo

पूर्व युवराज पारसलाई थाइल्यान्ड जान बन्देजपछि नेपालमा झुम्म



पूर्व युवराज पारस नशाको लतमा पर्दै आएका छन् । लागूऔषध सेवन गर्ने गरेको विषय चर्चामा आइरहेपनि थाइल्याण्ड बसाईंका क्रममा पुष्टि भयो । उनीमाथि लागूऔषध सेवनको अभियोगमा कारबाही भएपछि यसको पुष्टि भएको हो ।

नेपाल फर्किएपछि पारसको साख विस्तारै फर्कदै थियो । उनी आध्यात्मिक चिन्तनमा लागेको चर्चा पनि नशा छाडेको रहेनछन् । वसन्तपुरमा तीजको दिन पुगेका पूर्व युवराज झुम्म देखिन्थो । उनी लरबरिदै हिंडिरहेका देखिन्थे । कहिले टेबुलसम्म खुट्टा राखिदिन्थे । वसन्तपुरमा भीडले जयजकार गर्दा फूलको माला र रुद्राझ लगाएर हिंडिरहेका थिए । उनी घरी एउटासँग ठोकिन्थे घरी अर्कोसँग । यो दृश्यले पारस शाहप्रतिको नकारात्मक धारणा झन् बढ्ने मौका विरोधीलाई मिलेको छ ।

यसै महिनामात्र पारस शाह विवादमा आएका थिए । छोरा हृदयन्द्र शाहलाई बैंककमा पुर्याउन जाँदा सुरक्षाकर्मीसँग विवाद भयो । विवादका क्रममा पारसले घचेटे । यो विषयले सामाजिक सञ्जालमा नकारात्मक टिप्पणीहरु आएको थियो । पूर्व युवराज पारसका कारण राजपरिवारको बचेकुचेको साख पनि गिर्ने अवस्था छ । परिवारबाट टाढिएका उनी साथी र नातेदारसँग बस्दै आएका छन् ।

पारसले विगतमा धेरै विवादास्पद क्रियाकलाप गरेका थिए । नेपाली काँग्रेसकी नेता सुजाता कोइरालाका ज्वाईं रुबेल चौधरीमाथि पनि आक्रमाण गरेका थिए । युवराज हुँदै उनीमाथि गायक प्रविण गुरुङ हत्याको आरोप समेत लाग्यो । पारसले विगतमा धेरै बितण्डा मच्चाए । पछिल्लो समयमा नशामा र्चुलुम्म डुबेको तस्बिर र भिडियो सार्वजनिक भएको छ ।

थाइल्यान्ड बसाईंका क्रममा उनको एक महिलासँग प्रेम सम्बन्ध भयो । त्यसम्बन्धी तस्बिर पूर्व प्रेमिका कन्निका चाइरनले खुलासा गर्ने गरेकी छिन् । पारस पछिल्लो समय नशामा बढी पर्ने गरेकोमा केही कम भएपनि पुनः नशामा रहनेगरेको खुलको छ । उनी विगतभन्दा केही सुध्रिएछन् जस्तो गरेपनि फेरि विवादमा आएका छन् । यसले राजावादी पक्षधरलाई समेत धक्का परेको छ । तस्बिर फाइल



प्रतिक्रिया दिनुहोस्