Logo

काँग्रेस फेरि जागरण अभियानमा, देशव्यापी सदस्यता वितरण गर्ने



काठमाडौं । नेपाली काँग्रेसले व्यापक रुपमा सदस्यता वितरण गर्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयबारे १९ भदौमा पार्टी केन्द्रीय कार्यालय सानेपामा जानकारी दिदै प्रवक्ता विश्वप्रकाश शर्माले दोस्रो चरणको जागरण अभियान चलाउने भन्दै त्यस क्रममा सदस्यता वितरणलाई देशव्यापी बनाउने जानकारी दिएका हुन् ।

काँग्रेसमा नयाँ सदस्य वितरण देखि अन्य पार्टीबाट प्रवेश गर्न चाहनेलाई सदस्यता वितरण गर्ने शर्माले बताए । पहिलो चरणमा गरिएको जागरण अभियानमा ३१ हजार छ सय ४२ जना काँग्रेस प्रवेश गरेको भन्दै अर्को चरणमा योभन्दा ठूलो संख्या प्रवेश गर्ने बताए ।

काँग्रेस उपसभापति विजयकुमार गच्छेदार र विमलेन्द्र निधिका अलावा महामन्त्रीहरु डा. सशांक कोइराला र पूर्णबहादुर खड्काको बीचमा बसेर शर्माले पार्टी निर्णय सुनाएका थिए । उनले जागरण अभियानका कार्यक्रम समेत सार्वजनिक गरे ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्