Logo

सहकारीको रकम उत्पादनमा लगाउनुस : मन्त्री अर्याल



काठमाडौं १९ भदौ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी क्षेत्रमा रहेको रकम उत्पादनमा लगाउन आग्रह गर्नुभएको छ । नेपाल सहकारी पत्रकार समाजको नवौं स्थापना दिवसका सन्दर्भमा बिहिवार आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

सहकारीले अब उत्पादनमा लगानी गर्नुस् भन्दा सहकारी अभियन्ताले सहकारी क्षेत्रलाई बुझ्नुभएन की भन्ने प्रश्न गरेको भन्दै मन्त्री अर्यालले आफुले सहकारी क्षेत्रलाई राम्ररी बुझेकै कारण उत्पादनमा लाग्न आग्रह गरेको समेत बताउनुभयो ।

‘सहकारी क्षेत्रलाई मन्त्रीले सहकारी बुझ्नुभएन कि भनेर अभियन्ताले भन्नुहुन्छ । तर मैले मज्जाले बुझेको छुु, मन्त्री अर्यालले भन्नुभयो,’अबको दिशा समृद्धि, विकासकै दिशा हो । सहकारीको स्रोत उत्पादनमा लगाउनुस । उत्पादनमा लाग्नुस भन्दा मन्त्रीले सहकारी बुझेन क्या हो भन्ने होइन । उत्पादनका क्षेत्रमा लगानी गरिदिनुस भनेको सहकारीले सहकारीमै लगानी गर्नुस भनेको हो ।’

लगानीको कुरा गरिरहँदा मन्त्री आफैले किन गरेन भन्ने प्रश्न पनि स्वभाविक रूपमा उठ्ने भएकाले आफुले ३ गाउँको जमिन एकिकृत गरेर कागती खेती शुरू गरिसकेको मन्त्री अर्यालले जानकारी दिनुभयो ।

मन्त्री आफैंले गरेन भन्ने प्रश्न उठ्ला भनेर मैले त शुरु गरिसके । तीन गाउँका जमिन एकीकरण गरेर कागती लगाउन शुरु गरेका छौ । यस वर्ष ३० हजार कागती लगाउने योजना रहेको छु, उहाँले भन्नुभयो । अब हरेकले एउटा उद्यममा लगानी गर्नुपर्ने उहाँको जोड थियो ।

सहकारीले भाषण मात्रै गर्छन् काम गर्दैनन भन्ने प्रश्न पनि उठिरहेको सन्दर्भमा अब भाषण मात्र नभएर काम गर्नुपर्ने उहाँको भनाइ थियो । त्यसैका निम्ती सहकारी संस्थाहरू एकिकृत उत्पादनमा लाग्नुपर्ने मन्त्री अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाइहरू सबै उत्पादनमा लाग्नुस । सबै अभियन्तालाई बोलाएर एकरएक वटा होमवर्क दिएर पठाउने हो ।
हाम्रो भूमि खाली भयो । अब भूमिको अधिकतम् प्रयोग गरेर जाने हो ।”

पाठ्यक्रममा सहकारीको विषय उल्लेख हुनुपर्यो भनेर त्रिभुवन विश्वविद्यालयलाई अनुरोध गरिसकेको भन्दै मन्त्री अर्यालले सहकारी क्षेत्रमा केही नयाँ गर्नेगरी सरकार अगाडि बढेको बताउनुभयो ।

सबै सहकारीमा एकै किसिमको ब्याजदर निर्धारण गर्न सरकारले सन्दर्भ ब्याजदर तोकेको भन्दै उहाँले यसमा अभियन्ताहरूको पनि साथ रहेको बताउनुभयो । केही प्राविधिक कुरा मिलाउनुपर्‍यो भन्ने सुझाव आएको भन्दै उहाँले यसलाई कार्यान्वयन गर्नेगरी जाउ भनेर अभियन्ताहरूले भनेको बताउनुभयो ।

राज्यको ध्यान सहकारी क्षेत्रमा रहेको भन्दै उहाँले यसलाई व्यवस्थित गर्न कोकोमिस प्रणाली बनाएर गएको बताउनुभयो ।
भूमिलाई निजी सम्पत्तिको रुपमा स्विकार गरिसकेपछि अहिलेको अवस्थामा भूमिलाई राष्ट्रियकरण गर्न सम्भव नभएको भन्दै मन्त्री अर्यालले त्यही भूमिको अधिकतम प्रयोग गर्दै जानुपर्ने बताउनुभयो ।

मन्त्री अर्यालले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नेगरी जान पत्रकारहरूलाई आग्रह गर्नुभयो । समाजलाई सकारात्मक दिशातर्फ अगाडि बढाउनेगरी कलम चल्नुपर्ने उहाँको भनाइ थियो ।

दुई पत्रकार पुरस्कृत र सम्मानित

यसैबीच त्यस अवसरमा दुई पत्रकारलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । नेपाल सहकारी पत्रकार समाजले स्थापना गरेको ुसिजेएन राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कारु क्लिकमाण्डु डटकमकममा कार्यरत शोभित थपलियालाई प्रदान गरिएको थियो । त्यस्तैगरी संस्थाका संस्थापक उपाध्यक्ष डिल्ली सापकोटालाई सम्मान गरिएको थियो । प्रमुख अतिथी मन्त्री अर्यालले दुवै पत्रकारलाई पुरस्कृत तथा सम्मानित गर्नुभएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot