Logo

एटिएम प्रकरणः नेपाल र भारतमा समेत गरी तीन करोठ ५८ लाख रुपैयाँ चोरी



काठमाडौं, भदौ २० । नक्कली भिसा कार्ड प्रयोग गरी रकम चोरी गरेको प्रकरणमा नेपाल र भारतमा समेत गरी कुल तीन करोड ५८ लाख ८४ हजार रुपैयाँ बराबरको रकम झिकिएको नेपाल राष्ट्र बैंकले जानकारी गराएको छ ।

राष्ट्र बैंकका अनुसार प्रारम्भिक अनुसन्धानबाट भिजा इन्टरनेशनलसंग आबद्व भएका नेप्सका सदस्य बैंकहरुको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी गत शनिवार नेपालबाट सातवटा बैंकका विभिन्न कार्डको प्रयोगगरि ६८ एटिएम काउन्टरको प्रयोग गरि एक करोड ८९ लाख ४४ हजार रुपैयाँ चोरी भएको थियो ।

सोहि प्रकरणमा भारतभित्रबाट ६ वटा नेपालका बाणिज्य बैंकको कार्ड प्रयोग गरी भारतका विभिन्न स्थानमा रहेका २४ बैंकका एक सय ३२ एटिएमबाट एक करोड पाँच लाख ८७ हजार भारु चोरेको खुल्न आएको छ । आजको आर्थिक राष्ट्रिय दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्