काठमाडौं, भदौ २० । दक्षिण कोरियामा महिलाहरू भित्र ब्रा नलगाई बाहिरी पोसाक मात्र लगाई खिचिएका आफ्ना तस्बिरहरू सामाजिक सञ्जालमा प्रेषित गरिरहेका छन्।ब्रा नलगाउन चलाइएको #नो ब्रा अभियान सामाजिक सञ्जालमा व्यापक भएको छ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा लाखौँ फलोअर रहेको आफ्नो खातामा दक्षिण कोरियाली अभिनेत्री तथा गायिका सुलीले भित्र ब्रा नलगाएको आफ्ना तस्बिर प्रेषित गरेपछि अरूले पनि उनको अनुसरण गर्न थालेका हुन्।
ब्रा लगाउनु वा नलगाउनु व्यक्तिगत स्वतन्त्रताका विषय भएको दक्षिण कोरियाली महिलाहरूले एउटा स्पष्ट सन्देश दिइरहेका छन् ।
धेरैले सामाजिक सञ्जालमा अरूको ूध्यानाकृष्ट गर्न चाहनेू व्यक्तिको रूपमा चित्रित गर्दै जानीजानी उत्तेजना निम्त्याउन यस्ता अभियानहरु सञ्चालन भइरहेको आरोप लगाएका छन्।
पछिल्ला वर्षहरूमा दक्षिण कोरियाली महिलाहरूले पितृसत्तात्मक संस्कार, यौन हिंसा र शौचालय तथा अन्य सार्वजनिक स्थलमा पुरुषहरूले राख्ने ूजासुसी क्यामेराूले निम्त्याएका अपराधहरूको विरोधमा उभिँदै आएका छन्।
सन् २०१८ मा महिलाहरूद्वारा अहिलेसम्मकै सबैभन्दा ठूलो प्रदर्शन भएको थियो जब महिलाहरू सोलका सडकमा निस्केर दशौँ हजार महिलाले जासुसी क्यामेरा राख्ने कार्यविरुद्ध कदम चाल्न आह्वान गरे।उनीहरू ब्रा नलगाउने अभियानलाई समर्थन गर्छन्, तर ब्रा नलगाई सार्वजनिक स्थलमा जाने आत्मविश्वास उनीहरूमा छैन।
दक्षिण कोरियामा कसैलाई धेरै हेर्दा यदि उसले आफू हिंसामा परेको महसुस गर्छ भने त्यस्तो हेराइलाई ुगेज रेपु भन्ने गरिएको छ।बीबीसीको सहयोगमा