Logo

रुँदाका फाइदाहरु



काठमाडौ,भदौ २० । मानिसका लागि हाँसो मात्र होइन रुवाँइ पनि स्वास्थयको लागि फाइदाजनक हुने गर्दछ । स्वास्थ्यको लागि हाँस्दा धेरै फाइदा हुने कुरा हामीले थाहा पाएकै कुरा हो । स्वास्थ्य का लागि अर्को फाइृदा हुने कुरा हो रुवाँइ । रुँदा पनि फाइदा हुन्छ भनेर कमैलाई मात्र थाह होला । मानिसहरु दुई तरिकाबाट रुने गर्दछन् । एक दुख वा पिडामा पर्दा अर्को खुशी हुँदा । मानिस कसैलाई पनि रुन मन पर्दैन तर,मानिसले बेलाबेलामा रुनु पर्छ र रुनु स्वास्थ्यका लागि लाभदायी मानिन्छ चिकित्सकको भनाई रहेको छ ।

संयुक्त राज्य अमेरिकाको मेडिकल युनिभर्सिटी अफ ओहायोले गरेको अनुसन्धानमा पनि रुँदा शरीर हल्का हुनुकासाथै मनमा गुम्सिएर रहेका हरेका पिडा तथा दुःखलाई लुकाएर राख्नुभन्दा रुवाईको माध्यमबाट बाहिर ल्याउनु राम्रो हुने जनाइएको छ ।

उक्त अनुसन्धानमा भावनात्मक, शारीरिक र सार्वभौमिक रुपमा व्यक्तिको आँखाबाट आँसु निस्कने कुरा बताइएको छ । मानिसको आँखाबाट तीन किसिमका आँसु निकाल्छन्  बेसल, रिफ्लेक्स र साइकिक । बेसल आँसु खुशीका कारण निस्कन्छ । रिफ्लेक्स आँसु धुँवा वा प्रदूषणका कारण निस्कन्छ । साइकिक आँसु भावका कारण निस्कन्छ । साइकिक आँसु निस्कँदा शरीरको तौल घट्दै जाने हुन्छ । हाँस्नु मानिसका लागि स्वस्थकर मानिन्छ, त्यसैगरी, रुँदा मन हल्का हुनेमात्र नभई स्वास्थ्यका लागि पनि फाइदाजनक हुने अनुसन्धानले बताएको छ ।

जब मानिस दुःखका कारण रुन्छ, त्यतिबेला शरीरमा विषाक्त पदार्थ बन्न थाल्छ । यस्ता विषाक्त पदार्थ आँसुमार्फत् बाहिर निस्कन्छन् ।शरीरमा म्याग्निज बढी हुँदा थकाई, रिस, क्रोध,जस्ता समस्या आउँछन् रुनाले शरीरमा म्याग्निजको स्तर कम हुन्छ, जसबाट मष्तिस्क राम्रो हुन्छ र मानिसले हल्का महसुस गर्छन् ।

बढी तनाव महसुस गरिरहेका बेला रुने हो भने तनाव कम भएको महसुस गर्न सकिन्छ । महिला पुरुषको तुलनामा बढी रुने भएको कारण पनि महिलामा तनाव कम देखिन्छ । समस्या परेको समयमा दिमाग र मुटको प्रणाली सहज हुन्छ जसले आराम प्रदान गर्छ । रुदा मन सफा तथा हल्का महसुस हुने गर्दछ । रोएपछि लगभग ८५ प्रतिशत महिला तथा ७३ प्रतिशत पुरुषको रिस कम हुने डाक्टरहरुको भनाई छ ।

चिकित्सकका अनुसार महिला वर्षमा ४७ पटक रुन्छन् भने पुरुष ७ पटक रुन्छन् । मान्छे औषत ६ मिनेट रुन्छ । साँझको समयदेखि १० बजेको समयमा मान्छे सबैभन्दा धेरै रुने गरेको पाइन्छ ।

रुँदा आँखाको दृष्टि क्षमतामा सकारात्मक प्रभाव पर्छ । आँखामा आँसु आउँदा नानी चिसो हुन्छ र आँखा सुख्खा रहन पाउँदैंन र यसो गर्दा आँखाको दृष्टि क्षमता बढ्ने चिकित्सकको दाबी छ ।

यसैगरी आखाँ विशेषज्ञका अनुसार रुँदा आँखा चम्किलो हुनुको साथै तेजिलो हुने बताउँछन् ।यदि आँसु आएन भने र सुख्खा रह्यो भने दृष्टि समस्या हुन सक्ने साथै आँसुले कीटाणु समाप्त हुदै जाने हुन्छ ।

आँसुमा लिसोजाइमक नामक तरल पदार्थ हुन्छ, जसले पाँच देखि दश मिनेटमा ९५ प्रतिशतसम्म ब्याक्टेरिया अर्थात् कीटाणु हटाइदिन्छ । रुवाईले विषाक्त पदार्थ बाहिर निकाल्छ ।

जब दुःखका कारण रुन्छ, त्यतिबेला शरीरमा विषाक्त पदार्थ बन्न थाल्छ । यस्ता विषाक्त पदार्थ आँसुमार्फत् बाहिर निस्कन्छ तब मानिसहरुको मन हल्का हुनुका साथै थकान कम भएको र चिन्ता हल्का भएको महशुस हुने गर्दछ । मानिसको शरीरका लागि स्वास्थ्य राख्नका लागि हाँसो मात्र नभएर रुवाँइ पनि आवश्यक भएको कुरा एक अध्ययनले पत्ता लगाएको छ । मानिसको जीवनमा हाँसो र रुवाँइ बराबर हुने हुँदा आयु लम्बिने तथा स्वास्थ्य पनि फुर्तिलो हुने गर्दछ ।



प्रतिक्रिया दिनुहोस्