Logo

सचिवालय सदस्य तत्काल थप हुँदैन् : प्रचण्ड



काठमाडौं, २० भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्य तत्काल थप नहुने स्पष्ट पारेका छन् । उनले धेरै लामो मेहनत र संघर्षपछि देशमा नयाँ राजनीतिक परिस्थिति बनाएको उल्लेख गर्दै अब आर्थिक समृद्धिको नयाँ युगतिर लैजानुपर्नेमा जोड दिए ।

“आर्थिक लोकतन्त्रको युगतिर जानका लागि नीजि क्षेत्रलाई सहकार्य र विश्वासमा लिएर प्रोत्साहित लिएर राज्य अगाडि बढन सकेन भने समृद्धिको सपना सपनामात्रै हुन्छ ।” उनको भनाई थियो ।

प्रचण्डले राज्यका तर्फबाट सकारात्मक र रचनात्मक ऐन, कानुन, नियम, व्यवस्था र तालिम सञ्चालन गर्न नसके लामो संघर्षपछिको उपलब्धि खतरामा पर्ने अवस्था आउनेमा सचेत गराए । उनले भने, “यतिबेला राज्यको नेतृत्व र लोकतन्त्रका लागि योगदान दिने नीजि क्षेत्र मिलेर आर्थिक समृद्धिका लागि सकारात्मक वातावरणका लागि नयाँ अभियान बनाउनु जरुरी छ ।”

अध्यक्ष प्रचण्डले इतिहासमा राजनीतिक क्रान्ति र परिवर्तनपछि पराजित तत्वहरु कुनै न कुनै रुपमा छटपटिने र पुनर्स्थापनाका लागि प्रयासका रुपमा देखिने बताए । २०६३र०६४ सम्म आउँदा सम्पन्न गरेको जनक्रान्ति र त्यसपछि संविधानसभा हुँदै संविधानमा भएको सबै तहको समझदारी र सहकार्यबाट इतिहासमा केही कीर्तिमान कायम गरेको बताउँदै अध्यक्ष प्रचण्डले मानिसहरुले सामान्य र असम्भव ठानेका राजनीतिक परिवर्तन र शान्तिका, संविधान निर्माणका, लोकतान्त्रिक गणतन्त्रका मूलभुत मान्यतासहित अधिकार स्थापना गर्न सफलता पाएको उल्लेख गरे ।

“तर यी सफलताको अन्तिम परिणाम आर्थिक समृद्धिमा गएर खोज्नुपर्छ ।” उनले अगाडि भने, “आर्थिक प्रगतिको नयाँ युगतिर डोर्याउन सकिएन भने राजनीतिक परिवर्तन दिगो हुन सक्दैन । त्यो चुनौती र परीक्षा तपाई हामी सबैका अगाडि छ ।”



प्रतिक्रिया दिनुहोस्