Logo

किशोरीलाई एसिड खनाउने पक्राउ



पर्सा, २० भदौ । किशोरीलाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका २ छप्कैया बस्ने सम्साद मिया रहेका छन् । वीरगंज महानगरपालिका ३ बस्ने किशोरीलाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा मियालाई २० भदौको बिहान प्रहरीले पक्राउ गरेको हो ।

वीरगंज महानगरपालिका ६ गणेशमान चोकमा मिया र सोही महानगरपालिका २ छप्कैया बस्ने माजिद आलमले कक्षा ९ मा अध्ययनरत ती किशोरीलाई एसिड प्रहार गरी घाइते बनाई फरार भएको सूचना पश्चात वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले एसिड प्रहार गर्नेमध्ये मियालाई पक्राउ गरेको हो । एसिड प्रहारबाट घाइते भएकी बालिकालाई उपचारको लागि नारायणी अस्पताल वीरगंज लगिएको र त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि कीर्तिपुर अस्पताल काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।

आलमको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot