खोटाङ । प्रहरीले श्रीमतीलाई खुकुरी प्रहार गरेर हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ साकेला थान डाँडागाउँ बस्ने ३५ वर्षीय सिताराम राईलाई आफ्नै ३६ वर्षीय श्रीमती देविका राईलाई धारिलो खुकुरीले प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनलाई घरायसी बिवादको कारण आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको खबर प्राप्त भएपछि १९ भदौं साझ हतियार सहित पक्राउ गरेको हो । देवीकाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।