Logo

वन मुद्दाका फरार प्रतिवादी पक्राउ



मोरङ । प्रहरीले वन मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले केरावारी गाउँपालिका–६ डाँगी बस्ने ३६ वर्षीय जित बहादुर मगरलाई १८ भदौं बेलुका घर नजिकैबाट पक्राउ गरेको हो ।

मगर वि.स २०७० जेष्ठ २१ गतेको फैसलाले ३ महिना कैद र २८ हजार ७ सय ३६ रुपैयाँ जरिवाना ठहर भई फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङले मगरलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत बुझाएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot