Logo

डेंगुबाट हालसम्म चारजनाको मृत्यु, हजारौं संक्रमित



कठमाडौं, भदौ २० । डेंगुको संक्रमणबाट देशभर हालसम्म चारजनाको मृत्यु भएको छ । रोगबाट २५ सयभन्दा बढी संक्रमित भएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेक लालले हालसम्म ४२ भन्दा बढी जिल्लामा यो रोगको संक्रमण देखिएको बताए । साउन १ गतेदखि भदौ १७ गतेसम्म २५५९ जनामा डेंगु रोगबाट संक्रमित भएको तथ्यांक बताउँदै चारजनाको मृत्यु भएको जानकारी दिए ।

हालसम्म प्रदेश १ मा ७५३ जना, प्रदेश २ मा २३ जना, प्रदेश ३ मा १०९३ जना, प्रदेश ४ मा ५७२ जना,प्रदेश ५ मा १०५ जना, प्रदेश ६ मा २ जना र प्रदेश ७ मा १२ जना संक्रमित रहेको उनले बताए । यो रोगको संक्रमण कास्की, मकवानपुर, सुनसरी, चितवनमा बढी देखिएको बताए ।

उच्च पहाडी क्षेत्रमा समेत यसको संक्रमण देखिन थालेकोले सचेत हुन भने । अहिलेसम्म १३० वटा मुलुकमा यो रोगको संक्रमण देखिएको जानकारी गराए । उनले रोग नियन्त्रणका लागि जनचेतनाका कार्यक्रम संचालन गर्नुका साथै गैर सरकारी संस्था, स्थानीय निकायको अगुवाईमा नेपालभर डेंगु संक्रमणका लक्षण र बच्ने उपायका बारेमा घरघरमा जनचेतना फैलाउने काम भईरहेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्