Logo

सामाजिक सञ्जालमा आलोचना खेप्दै ‘साहो’



प्रभास र श्रद्धा कपूरको मल्टीस्टार फिल्म ‘साहो’ ३० अगस्टमा रिलिज भएको हो । हाल यो फिल्मले सामाजिक सञ्जालमा निकै आलोचना खेप्नु परेको छ । धेरैले सामाजिक सञ्जालमा “साहो”लाई हलिउड फिल्म “लार्जी विन्च”को कपी रहेको भन्दै आलोचना गरेका छन् । यस प्रकारको ट्वीट आएपछि “लार्जी विन्च”का निर्देशक जरोम सलेले “लार्जी विन्च”को दोस्रो निःशुल्क निर्माण खराब रहेको प्रतिक्रिया व्यक्त गरेका छन् ।

जरोम सलेले तेलूगु निर्देशकलाई आफ्नो काम चोरेता पनि सही ढंगले गर्न आग्रह गरेका छन् । यस अघि पनि उनले त्रिविक्रम श्रीनिवासमाथि आफ्नो फिल्मको रिमेक गरेको आरोप लगाएका थिए ।

प्रभासलाई ‘बाहुबली’को सफलतापछि ‘साहो’ बाट पनि ठूलो अपेक्षा थियो । उनी अहिले समीक्षक र दर्शकबाट राम्रो प्रतिक्रिया नमिल्दा निकै निराश भएका छन् । ‘साहो’ को कथावस्तु कमजोर भए पनि मेकिङ उच्च छ ।

हिन्दी भर्सनमा मात्र फिल्मले प्रदर्शनको चार दिनमा ९३ करोड २८ लाखको व्यापार गरेको हो । चंकी पाण्डे, महेश मान्जरेकर र मुरली शर्माको पनि अभिनय रहेको उक्त फिल्म ३५० करोडमा सुजीतले निर्देशन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot