Logo

प्रधानमन्त्री ओली फर्किएलगत्तै प्रचण्डसँग भेटवार्ता, के कुरा भयो ?



काठमाडौं, २० भदौ । सिंगापुरबाट उपचार गराएर आजमात्रै स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा अध्यक्ष दाहालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । अध्यक्षद्धयबीच करिब ४५ मिनेट भेटवार्ता भएको प्रचण्डको सचिवालयले जनाएको छ। अध्यक्षद्धयबीच समसामयिक राजनीतिक घट्नाक्रमको बारेमा पनि विशेष कुराकानी भएको बुझिएको छ ।

स्वदेश फर्किएपछि प्रधानमन्त्री ओली (फोटोफिचर)



प्रतिक्रिया दिनुहोस्