विराट अनुष्काको प्रेम–गाथा २०१३ मा सुरु भएको थियो । उनीहरूको पहिलो भेट शैम्पू कमर्शियलको सेटमा भएको थियो । कोहलीले पहिलो भेटमा आत्तिएको खुलासा गरेका छन् ।
अनुष्कालाई निकै माया गर्थे कोली । त्यसैले उनी भेटमा निकै आत्तिए । उनले आफ्नो छटपटाहटलाई हटाउनका निम्ति अनुस्काको हिललाई लिएर एक मजाक गर्न खोजेको खुलाए । तर, अनुष्कालाई कुनै असर नगरेपछि विराट झन् आत्तिएका थिए ।
विराटको कुरा सुने पछि उनी आफ्नो बाटो लाग्दा विराटले मैले मजाक गरेको हो भनेर भन्दो यो कुरा विराटको लागि निकै उप्ठ्यारोमा परेको थिए । उनकाल लागि त्यो अनौठो क्षण भएको थियो । विराटलाई अनुष्काका सामु मुर्ख भएको जस्तो लाग्यो । पुनः विराटले उनको कामको सराहना गर्दै भने कि उनी निकै मिहेनती र निरन्तर खटिने कलाकार हुन् । अनुष्कालाई खुशी पार्न विराटले यसो भनेका थिए ।
उनीहरूको सम्बन्धको विकासको बारेमा बताउँदै कोहलीले भने, “उनी पनि म जस्तो पृष्ठभूमिबाट आएकी हुन् र हामी दुवै मध्यम वर्गीय परिवारबाट आएका हौं । आफूहरुले कडा परिश्रम गरेर अहिलेको स्थानमा पुगेको बताए ।
विराटले २००८ मा पहिला अन्तर्राष्ट्रिय खेल खेलेका थिए र अनुस्काले पनि आफ्नो सुरुवात २००८ अगस्तमा फिल्मी करिअर सुरु गरेकी थिइन् । दुवैले नयाँ सम्बन्ध निर्माण गर्ने निर्णय गरे । उनीहरु एक आपसमा निकै कुराकानी गर्ने गर्थे र आफ्नो परिवारलाइ पनि नजिक राख्ने गर्थे । यस बारेमा धेरै मानिसहरुसँग सम्पर्क पनि रहेको थिएन भनेर बताएका छन् ।
बिराटले आफ्नो बिहेको बारेमा पनि केही कुरा भनेका थिए । अनुस्काले पुरै बिहेको जिम्मेवारी लिएका थिए र त्यति कि बिहेमा सामेल हुने अतिथिहरुलाई पनि अन्तिम समय सम्म बिहे कहाँ हुन्छ भनेर थाहा दिएका थिएन । पुरै गोपनियता रहिएको थियो । यो जोडीले पुरै विश्वमा चर्चा कमाएको देखिन्छ र जोडी पनि निकै सुन्दर देखिन्छ । एजेन्सी