Logo

निगमको ओसाका उडान रित्तै (हेर्नुहोस् भिडियोसहित)



काठमाडौं, भदौ २० । यो दृश्य नेपाल वायु सेवा निगमको ओसाकाबाट काठमाडौं उडानको हो । विमान लगभग खाली नै छ ।

निगमले हालै शुरु गरेको ओसाका उडानमा यात्रु नभेटेपछि विमान रित्तो आउन थालेको छ । निगमलाई करोडौंका घाटा परेको छ ।
दुई सय ७४ सिटको दुईवटा वाइडबडी खरिदमा घोटालाको प्रसंग आउँदा ओसाका उडानमा पनि घोटाला भएको छ । ओसाका उडानको प्रतिनिधि तोक्न निगमभित्र ठूलो आर्थिक चलखेल भएको विषय बाहिर आएको थियो । अहिले प्रतिनिधि तोक्दा भएको अनियमितता र गलत शैलीले ओसाका उडान प्रभावित भएको छ ।

पहिलो उडानमा २० प्रतिशत मात्र सिट भरिएकोमा पछिल्लो समय १० प्रतिशत सिट पनि भरिएको छैन । यो निगमका लागि ठूलो घाटा हो ।
उडानमा यात्रु न्युन भएपछि हप्ताको तीन दिन राखिएको उडान घटाएर दुई दिनमा झारिएको छ । वाइडबडीलाई निगमका अधिकारीहरुले सेतो हात्ती बनाइदिएका छन् । सुनको अण्डा पार्ने कुखुरी बनाउनुपर्ने विमान अब सेतो हात्ती हुनुले निगम जोखिममा परेको छ । निगम संचालकहरु जोखिममा पारेर विदेशी कम्पनिलाई साझेदारका रुपमा भित्राउन लागिपरेका छन् ।

प्रति विमान १२ अरब ऋण लिएर खरिद गरिएको विमान ल्याएर नेपाल वायु सेवा निगमको कायापलट गराउने भनिएको थियो । तर, यसले निगमलाई जोखिममा पुर्याएको छ । वाइडबडीले रित्तै उडान भरिरहँदा देशको प्रतिष्ठामा समेत आँच आउनसक्ने देखिदैछ । तस्बिरः रिपोटर्स नेपाल

हेर्नुहोस् भिडियो



प्रतिक्रिया दिनुहोस्

Screenshot