Logo

प्रधानमन्त्रीले स्वास्थ अवस्थाबारे पत्रकार सम्मेलन गरेनन्, जारी गरे विज्ञप्ति



काठमाडौं, भदौ २१ । शुक्रवार सिंगापुरबाट उपचार गरेर फर्केक प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ अवस्थाबारे उनका नीजि चिकिस्तकले प्रेष विज्ञप्ति जारी गरेका छन् ।

यसपटक त्रिभुवन विमानस्थलमा विदेशबाट फर्केपछि आफ्नो स्वास्थ अवस्थाबारे जानकारी गरउन पत्रकार सम्मेलन नगरेको आलीले नीजि चिकिस्तकको माध्ययमबाट भने आफ्नो स्वास्थ अवस्था जानकारी गराएका छन् ।

सिंगापुरको नेशनल यूनिभर्सिटी अस्पतालमा उपचार गरेर फर्किएको नीजि चिकिस्तक प्रा.डा. दिव्या सिंह शाहद्वारा जारि विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ अवस्था खतरा मुक्त रहेको जनाइएको छ ।

ओलीको शरिरमा बढि मात्रामा रहेको एन्टीबडीलाई बैज्ञानिक प्र्रविधिबाट हटाउने पक्रिया एनयुएचमा पुुरा भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

अहिले प्रधानमान्त्रीको स्वास्थ अवस्था खतरामुक्त रहेको र उनी आफ्नो नियमित काममा फर्कने सक्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्