Logo

ट्राफिकले जरिवाना काटेको भन्दै मोटरसाइकलमा आगो



काठमाडौं, भदौ २१ । भारत सरकारले सेप्टेम्बरदेखि नयाँ सवारी कानुुन लागू गरेपछि त्यसको विरोध बढि रहेको छ । सरकारले ट्राफिक जरिवाना लागू गरेपछि केहिले उक्त नियमको विरोध जनाईरहेका छन् ।

राजधानी दिल्लीको मालवीय इलाकामा एक मोटरसाइकल सवारले भने अनौठो तरिका अपनाएर सरकारी नियमको विरोध जनाएका छन् ।

त्यहाँ स्थित ट्राफिक प्रहरीले सवारी चेकजाँचको क्रममा नाम नखुलाइएको ति मोटरसाइकल सवारलाई नियम अनुसार नचलाएको भन्दै चिट काटेपछि उनले ट्राफिकै अगाडी आफ्नो मोटरसाईकल जलाएका छन् ।

प्रहरीले उक्त मोटरसाइकलमा लागेकोे आगो निभाउने प्रयास गरेपनि आगो निभाउन्जेल मोटरसाइकल पुरै जलेर खरानी भएको छ ।

उक्त नियम लागेको ६ दिन भित्रै प्रहरीले ३९ सय भन्दा बढी मोटरसाइकललाई कार्वाही गरिसकेको भारतीय सञ्चार माध्ययममा जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्