Logo

धर्मनीरपेक्षता युरोपबाट आयो-डा. शेखर कोइराला



काठमाडौं, भदौ २१ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले धर्मनीरपेक्षता युरोपबाट भित्रिएको बताएका छन् । उनले धर्मनीरपेक्षता र धार्मिक स्वतन्त्रता फरक विषय भएको समेत बताए ।

‘धर्मनीरपेक्षता युरोपबाट आएको हो,’ नेपाली रेडियो नेटवर्कका लागि ऋषि धमलासँग कुरा गर्दै कोइरालो भने, ‘चर्चको अधिकार कटौती गर्नलाई धर्मनीरपेक्षता भनियो ।’ धर्मनीरपेक्षता र धार्मिक स्वतन्त्रता एउटै विषय नभएको तर्क गरे । उनले भने, ‘यो कुरा हामीहरुले जनतामा बुझाउन सकेका छैनौं ।]

धर्मका विषयमा नेपालमा कुनै समस्या नहुँदा पनि धर्मनिरपेक्षता राखिएकोमा प्रश्न उठाए । उनले भने, ‘हामीमा त त्यो समस्या थिएन । धर्मनिरपेक्षताको लडाईं गरेको पनि होइन ।’ नेपाली जनताले धर्मनिरपेक्षताका लागि नभई निरंकुश राजतन्त्रको अन्त्यको लागि लडाईं लगेको बताए । उनले भने, ‘धर्मनिरपेक्षताका लागि लडेको पनि होइन, निरंकुश राजतन्त्रका लागि लडेको हो र पूर्ण प्रजातन्त्रको लागि लडाईं लडेको हो ।’ नेपाली काँग्रेस धार्मिक स्वतन्त्रताको पक्षधर भएको तर्क गरे । उनले भने, ‘नेपाली कांग्रेसको एउटा तारा धार्मिक स्वतन्त्रताको प्रतिक हो भनेर हामीले स्पष्ट बुझ्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्