Logo

साइकल चढेर सुटिङमा गए सलमान (भिडियोसहित)



सलमान खान अर्थात् भाईजानलाई साइकल चलाउन एकदम मनपर्छ । उनलाई प्रायः जसो सडकमा साइकलिङ्ग गरिरहेको दृश्य देख्न पाइन्छ । फेरी एक पल्ट उनलाई साइकलमा देखेको तस्बिर सार्वजनिक भएको छ । मुम्बईमा लगातार परेको वर्षाले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । काम गर्ने मानिसमा निकै प्रभाव परेको छ । तर, यसले सलमान खानलाई कुनै असर पुर्याएन ।

उनी साइकल चढेर सुटिङमा गए । आजकल दबंग ३ को सुटिंगमा व्यत छन् । वर्षाका कारण उनी साइकलमा सुटिंगका लागि जाने र आफ्नो काम गर्ने गरेका छन् ।

यसै क्रम मा एक भिडियो सार्वजनिक भएको छ । जसमा सलमान खानको साइकल ट्राफिक जाममा परेको छ । उनी वर्षामा रुझिरहेको देखिए । ट्राफिक जाममा पर्दा सलमानसँग एकजना अटो चालकले सेल्फी पनि लिएका थिए । उनीमाथि धेरै फ्यानहरुको नगर परेपछि सेल्फी खिच्न थाले ।

भिडियोसहित:



प्रतिक्रिया दिनुहोस्

Screenshot