युएस ओपन टेनिसको फाइनलमा सेरेना विलियम्स फेरि चुकेकी छिन् । लगातार दोस्रो वर्ष फाइनलमा पराजित हुँदा पूर्व विश्व नम्बर एक सेरेनाल २४ औं ग्रान्डस्लाम जितेर इतिहास रच्नबाट रोकिइन् ।
नेपाली समय अनुसार २२ भदौको विहान भएको रोमाञ्चक खेलमा सेरेना क्यानडाकी १९ बियन्का अन्डीरिसकुसँग ६३ र ७५ को सोझो सेटमा पराजित भएकी हुन् । पहिलो सेट गुमाएकी सेरेना दोस्रो सेटमा पुनरागमन गर्ने प्रयास गरेपनि वियन्काले मौका दिइनन् ।
३७ वर्षीय सेरेना आमा बनेपछि ठूला प्रतियोगितामा जित हासिल गर्न सकिरहेकी छैनन् । गत वर्ष पनि उनी जापानी खेलाडी नाओमी ओसाकासँग युएस ओपन टेनिसको फाइनलमा पराजित भएकी थिइन् । उक्त फाइनल निकै विवादास्पद भएको थियो । Photo Source: ESPN