Logo

छोरी माग्न एक भारी दाउरा



काठमाडौं, भदौ २२ । दाइजोको कारण कयौ परिवारको भविश्य बिग्रीरहेको समयमा यउटा यस्तो समाचार प्रकाशन भएको छ जहाँ लाखौ रुपैयाँ होईन जाइजोमा दाउरा दिने चलन छ । सुन्दा अचम्म लाग्न सक्छ तर हाम्रै नेपालमा यस्ता ठाउँ पनि छन्, जहाँ दाइजोका नाउँमा एक रुपैयाँ कारोबार हुँदैन।

उत्तरी गोरखाका गुरुङ समुदायको बसोबास रहेका बस्तीमा केटाले दाउराको भारी दिएर विवाहको प्रस्ताव राख्ने चलन परा पुर्वक कालदेखि चल्दै आएको छ ।

जहाँ केटि पक्षले केटा पक्षले ल्याएको दाउराको भारी अस्वीकार गरे विवाह अस्वीकारेको सम्झने गरिनछ। केटीपक्षलाई प्रस्ताव मान्य नभएको अवस्थामा जसको भारी हो बोकेर उसकै घरमा लगेर चलन पहिलेदेखि समुदायमा व्याप्त रहेको पाइन्छ ।

जिल्लाको धार्चे गाउँपालिकाका लापुलगायत सातवटै वडाका गाउँबस्ती, बारपाक स्वाँरा, सौरपानी, घ्याच्चोकमा यस्तो प्रचलन अहिलेपनि रहदै आएको छ।

‘केटाले आफूलाई मन पर्ने केटीको घरमा दाउराको भारी लगेर राखिदिन्छ’, धार्चे गाउँपालिका९५ यमगाउँका टेकबहादुर गुरुङ भन्छन्, ‘फिर्ता गरेनन् भने केटी विवाह गर्न सहमत भई भनेर केटाले बुझ्छ।

अनि बिस्तारबिस्तार केटीको घरमा गएर काममा सघाउन थाल्छ। केटी र उसका अभिभावकको मन जितेपछि विवाह पक्का हुन्छ।’ यसरी विवाह गरेपछि छोराको छेवरमा रीत पुर्‍याउने चलन छ। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शिव उप्रेतीले समाचार छापेका छन् ।



प्रतिक्रिया दिनुहोस्