Logo

काँग्रेसको जागरण अभियानमा को कहाँ प्रतिनिधि तोकिए (सूचीसहित)



काठमाडौं, भदौ २२ । नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिहरू तोकेको छ । कांग्रेसद्वारा आइतबार विहान जारी विज्ञप्तिअनुसार प्रदेशअन्तर्गतका सबै निर्वाचन क्षेत्रहरूमा प्रतिनिधि खटाइएको हो । केही जिल्लामा क्रमशः प्रतिनिधि खटाइनेछ उल्लेख छ।

नेपाली कांग्रेसले भदौ २४ गतेदेखि देशभरि एकै साथ दोस्रो चरणको अभियान चलाउँदै छ । अभियानका क्रममा दुईतिहाइको कम्युनिस्ट सरकारका गलत कुराको भण्डाफोर गरिने विज्ञप्तिमा भनिएको छ ।

काँग्रेसले पहिलो चरणको जागरण अभियान सम्पन्न गरी केन्द्रीय समिति बैठक बसी दोस्रो चरणको अभियान थालेको हो । उसले व्यापक सदस्यता वितरण गर्ने उद्देश्य राखेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्