संसारको सबैभन्दा धेरै कमाई गर्ने चौथो सेलिब्रिटी हुन् अक्षय कुमार । उनको वास्तविक नाम राजिव हरिओम भाटिया हो । यो सूचीमा स्थान बनाउन सफल उनी बलिउडका एक्ला नायक हुन् । अक्षयको कूल सम्पत्ति दश अर्ब २८ करोड भारुभन्दा बढी छ । अक्षय कुमारको आम्दानी ६९ मिलियन डलर छ । उनी भारतको सबैभन्दा बढी कर तिर्ने सेलिब्रिटी हुन् ।
अक्षयसँग २ अर्ब ६० करोड भारु पर्ने प्राइभेट जेट छ । उनी देश विदेश यात्रा गर्नका लागि आफ्नो नीजि जेटको प्रयोग गर्छन् । अक्षय मुम्बईको जुहू समुन्द्रीटठमा ८० करोड भारुको प्राइम बीच बंगलामा बस्छन् । यो बंगलाको पूरा इन्टेरियर अक्षयकी श्रीमती एवं अभिनेत्री टिवंकल खन्नाले तयार गरेकी हुन् । अक्षयसँग रोल्य रोयल फ्यान्टम ३.२ करोड भारु पर्ने कार, रोल्स रोयस फ्यान्टम ३.३४ करोड भारु पर्ने कार, यामाहा भि म्याक्स २५ लाख भारु पर्ने बाइक र हार्ले डेभिडसन २० लाख भारु पर्ने बाइकहरु छन् ।
कुमारको शौख निकै महँगो छ । यामाहा भि म्याक्स बाइक कुमारलाई यामाहा कम्पनीले उपहारस्वरुप दिएको थियो । उनी महँगो कार र बाइकका शौखिन हुन् ।
उनले फिल्म ‘सौगन्ध’ बाट बलिउडमा डेब्यू गरेका हुन् । सन् १९९१ मा रिलिज भएको उक्त फिल्म भन्दा पहिले अक्षय बैंककमा वेटरको काम गर्दथे । लगन र मेहनतको बलमा अक्षय यो ठाउँमा आउन सफल भएका हुन् ।