अनुहार हाम्रो व्यक्तित्वको ऐना हो । त्यसकारण, अनुहारको चमक र सौन्दर्य प्रत्येक मानवको लागि महत्वपूर्ण छ । पुरुष वा महिला, सबैले आफ्नो अनुहारको सुन्दरता बढाउन विभिन्न प्रकारका अभ्यासहरू गर्छन् ।
यी निम्न कुराहरुलाई दैनिक जीवनमा ल्याउँदा छाला चम्किलो बनाउन मद्दत गर्छः
व्यायाम गर्ने
नियमित योगाभ्यास
अनुहारमा तेलको मालिश गर्ने
मनलाई शान्त राख्ने
ध्यान गर्ने
तनाव मुक्त बस्ने
प्रशस्त पानीको सेवन गर्ने
सन्तुलित भोजन खाने
सकारात्म सोच राख्ने
छालाको समस्या न्यूनिकरण गर्ने उपायहरुः
बेसारलाई कागतीकोे साथ प्रयोग गर्दा दाग चाँडै हटाउन मद्दत गर्दछ ।
चिल्लो अनुहारको दाग हटाउन, गुलाबको पानीसँग मिश्रित चन्दनको लेप प्रयोग गर्ने । यो प्रयोग प्रत्येक मौसममा फाइदाजनक हुन्छ ।
दिनहुँ रातो चन्दनलाई पानीमा पिसेर अनुहारमा लगाउँदा २० दिनमा लाभ देख्नुहुनेछ ।
टमाटरमा दसदेखि बाह्र थोपा कागती राखेर त्यसको मिश्रण अनुहारमा लगाउँदा दाग हटाउँदछ ।
अक्सर पेटले गर्दा अनुहारमा दाग देखा पर्दछ, त्यसैले दिनको कम्तिमा तीन पटक कागती पानी पिउनुहोस, केही हप्तामा अनुहार चम्किन्छ ।
एउटा बरफ ट्रेमा गुलाब पानी राखेर, आँखाको वरिपरि लगाउँदा जलन कम गर्दछ ।
एक चुटकी कपूर महमा मिसाएर अनुहारमा लगाउँदा अनुहारमा चमक आउँछ । साथै, साबुनले अनुहार धोएपछि चिनी र नुनलाई भिजेको अनुहारमा केही समयको लागि लगाएर धुने प्रक्रिया अनुहारको लागि एउटा राम्रो स्क्रबर हुन्छ ।