Logo

मागेर संघीयता चल्दैन-डा. शेखर कोइराला



काठमाडौं, भदौ २२ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मागेर संघीयता नचल्ने बताएका छन् । उनले अर्थमन्त्री डा. युवराज खतिवडा संघीयता चलाउन रकम माग्दै हिंडेकोमा समेत असन्तुष्टि व्यक्त गरे । मागेर नभई आफ्नै स्रोत र साधनबाट संघीयता चलाउनुपर्नेमा उनको जोड थियो ।

‘ संघीयता चलाउन युरोपियन युनियनका केही देशहरुले ११ अर्ब ४० करोड रुपैयाँ अनुदान दिए’, उनले ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कमा शुक्रबार भने, ‘फेरि अर्थमन्त्री संघीयता चलाउनलाई विश्व बैंकसँग अनुदान माग्दै हुनुहुन्छ । अब संघीयता त्यसरी चलाउँदा २ वर्ष ४ वर्ष चल्ला त्यसपछि त चल्दैन ।’ संघीयता जोगाउने हो भने खर्चहरु कटौती गर्नुपर्ने बताए ।

आफूहरु गणतन्त्र, संघीयताको विपक्षमा नजाने बताए । उनले भने, ‘त्यसमा अनावश्यक खर्चहरु कटौती गर्नेप¥यो । बढी कर्मचारी भर्ना रोक्नुप¥यो ।’ देशमा संघीयता चाहिएको उनको तर्क थियो । देशमा विभिन्न जातजाति, वर्ग, समुदाय मिलेर बसेको भन्दै संविधानमा लेखेका कराहरुलाई अक्षरसः पालना गरेमा संघीयता चल्ने बताए । तर संघीयतालाई समाप्त गर्ने खेलमा वर्तमान सरकारले लागेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्