Logo

‘संघीयता जनताले बोक्दैनन्, गणतन्त्रमाथि कालो बादल’ (भिडियोसहित)



काठमाडौं, भदौ २३ । राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाललाई हिन्दु राष्ट्र बनाउन लागिपरेको टिप्पणी गरेका छन् । भारतीय जनता पार्टी योजनावद्ध तरिकाले हिन्दु राष्ट्र बनाउन लागेको उनको भनाई थियो ।

‘भारतको अहिलेको सरकार, नरेन्द्र मोदी र योगी आदित्यनाथ नेपाललाई हिन्दु राष्ट्र बनाउन लागिपरेका छन्,’ केसीले भने, ‘गणतन्त्रमाथि कालो बादल मडारिइसक्यो ।’

संघीयता विदेशीले बोकाएको भारी भएकाले नेपाली जनताले नबोक्ने बताए । उनले जतिसुकै थेग्न खोजेपनि संघीयता नथेगिने बताए ।
ऋषि धमलासँग प्राइम टाइम टेलिभिजनको जनता जान्न चाहन्छन्मा २२ भदौको साँझ विशेष कुराकानी गर्दै भने, ‘युरोपेली युनीयनले अरबौं दिन लागेको सुनिदैछ, त्यसमा केही मान्छेहरुले तर मार्ने मात्र हुन् । ‘प्रदेशहरुले नाम र राजधानी नै राख्न नसकेको अवस्थामा संघीयता टिक्ने सम्भावना नरहेको बताए ।

यसैगरी, एनसेल प्रकरणमा ठूला नेताहरुले पैसा खाएको आरोप लगाए । उनले भने, ‘एनसेलको कर नउठाउने गरी ठूलो बदमासी भयो ।’ एनसेलको सिमकार्ड प्रयोग नगरेको भन्दै विदेशी ल्याउँदैमा विकास नहुने बताए । उनले भने, ‘देशलाई खंगार पार्नेलाई छाड्नुहुन्न ।’

भिडियो हेर्नुहोस्ः

 



प्रतिक्रिया दिनुहोस्

Screenshot