जनकपुर । बहुविवाह मुद्दामा कैद सजाय पाएका प्रदेश सांसद दिलीपकुमार साहलाई निलम्बन गरिने भएको छ। जिल्ला अदालतबाट चार वर्षअघि सुनाइएको फैसलालाई नै उच्च अदालतले समेत सदर गरेपछि प्रदेशसभाले उनलाई निलम्बन गर्ने भएको छ।
नेकपाको टिकटमा सिरहाका निर्वाचन क्षेत्र नम्बर ४ १ बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित साहलाई धनुषा जिल्ला अदालतले २०७२ जेठ १३ गते एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो।
जिल्ला अदालतको उक्त फैसलाविरुद्ध १७ नम्बर गरेका साहलाई उच्च अदालत जनकपुरले पुरानै फैसला सदर गरेको सुनाइदिएपछि उनलाई निलम्बन गर्न प्रदेशसभाले प्रक्रिया सुरु गरेको हो।
दुई तहको अदालतबाट कैद सजाय तोकिइसकेको हुँदा कैद बस्नुपर्ने अवधिभरका लागि निलम्बन हुने सुरेश यादवले नागरिक दैनिकमा खवर छापेका छन् ।