Logo

घरमा जुवातास खेल्ने पक्राउ



काठमाडौं, भदौ २३ । घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ । कास्की, पोखरा महानगरपालिका ३२ तल्लो गगनगौंडास्थित जंगबहादुर पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा पुन सहित १९ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट आठ बुक तास र १ लाख ६ हजार ७ सय ४८ रुपैयाँ सहित २१ भदौको दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ । ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी कास्की, पोखरा महानगरपालिका ९ बुद्धमार्ग्स्थित चन्द्र बहादुर गुरुङको घरमा जुवातास खेलिरहेका गुरुङ सहित ६ जनालाई २१ भदौको साँझ पक्राउ गरेको हो । उनीहरुको साथबाट चार बुक तास र नगद १ लाख ६६ हजार २ सय ९५ रुपैयाँ प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्