Logo

प्रचण्डलाई लक्ष्मण थारुको चेतावनी, दोहोरो चरित्र नदेखाउनुहोस



काठमाडौं, २३ भदौ । थारु नेता लक्ष्मण थारु नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरद्ध खनिएका छन् । उनले प्रचण्डलाई थारुहरुको एजेण्डामा नबोल्न पनि चेतावनी दिएका छन् ।

उनले भनेका छन्,‘प्रचण्डले हाम्रो एजेण्डा छाडिसके, अब यस्ता अभिव्यक्ति दिन सुहाउँदैन् ।’ आइतबार थारु कल्याणकारिणी सभाको ज्ञापन बुझ्दै अध्यक्ष प्रचण्डले टीकापुर घटनालाई थारु विद्रोहको रुपमा चर्चा गरेका थिए । उनले टीकापुर घटना राजनीतिक भएको बताउँदै उक्त घटनाको राजनीतिक समाधान निकालिनु पर्ने बताएका थिए ।

थारुहरुको मागप्रति प्रचण्ड सकारात्मक, ओलीसँग कुरा गर्ने

प्रचण्डको यो भनाईप्रति नेता थारुले आपत्ति जनाउँदै दोहोरो चरित्र नदेखाउन चेतावनी दिएका हुन् । ‘निर्दोष थारुहरुलाई जेलमा थुनेर राख्ने तर बाहिर गोहीको आँशु बगाउने प्रचण्डको दोहोरो चरित्र थारुहरुले बुझिसकेका छन् अब भ्रममा नरहे हुन्छ’, थारुले भने, ‘माननीय रेशम चौधरीसहित ११ जनालाई जेलमुक्त गरेको खोइ ?’



प्रतिक्रिया दिनुहोस्