Logo

खैरो हिरोइन सहित युवक पक्राउ



काठमाडौं, भदौ २३ । खैरो हिरोइन सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट ईलाम घर भएका कञ्चन प्रधान रहेका छन् । उनलाई अवैध लागूऔषध खैरो हेरोइन ४७ दशमलब ७ ग्राम र नगद चार हजार रुपैयाँ सहित २२ भदौको बिहान प्रहरीले पक्राउ गरेको हो ।

काँकडभित्ताबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख १०५५ नम्बरको बस महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लुकाइछिपाई ल्याएको उक्त परिमाणको लागूऔषध सहित उनलाई पक्राउ गरेको हो । उक्त लागूऔषध माग गर्ने मोरङ, कानेपोखरी गाउँपालिका ५ घर भएका संजिब संग्रौलालाई नगद नौं हजार रुपैयाँ सहित कोटेश्वरबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्