Logo

राष्ट्रसंघको महासभामा ४० सरकार प्रमुख सहभागी हुने



न्यूयोर्कमा संयुक्त राष्ट्र महासभा (यूएनजीए)को ७४ औं सम्मेलन हुन लागेको छ । सम्मेलन सेप्टेम्बर २४ देखि ३० सम्म हुने भएको छ । अन्तर्राष्ट्रिय संस्थाको अनुसार लगभग ११२ देशका प्रमुख, ४० सरकार प्रमुखहरु र ३० भन्दा बढी विदेश मन्त्रीहरू साधारण बहसमा सहभागी हुँदै छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बर २४ मा आफ्नो भाषण दिनेछन् । सम्मेलनमा भारतबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानबाट प्रधानमन्त्री इमरान खान सहभागी हुने भएका छन् भने अहिलेसम्म नेपालबाट को जाने भन्ने कुराको निर्णय भएको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot